बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

बाजुराका मुक्त हलिया भन्छन् “चुलो बल्न छोड्यो सरकार”

‘घरमा बसौ पेट खाली छ, बाहिर निस्कीउँ कारबाही हुँने डर’

निमेन्द्र शाही बाजुरा ९ बैशाख : बाजुराको पुर्वी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–१ पिपलडालिको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखी खुला छ, तर छाना माथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मुल बाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडीत माउँरी घारबाट फाट्ट–फुट्ट निस्कीय जसरी गाउँका मान्छेहरु घर भित्र–बाहिर गरीरहेका देखीन्छन् । अरु समय दाउँरा बालेको धुवाले भरी हुँने गाउँ पुरै सफा बनेको छ । सरकारले लकडाउँन गरेका कारण घरमा भएका अन्न सकिदा कसैको घरको चुलो बलेको छैन ।

‘घरमा १३ जनाको कबीला छ, गराको गहुँ काँचौ छ ।,चैत्रको महिनाको भोक घरका कट्टा भाडा रीत्तीसके ज्यालादारी गरेको आजको पैसाले आजकै छाक, भोलिको पैसाले भोलीको छाक टार्ने हामीलाई मर्नुन बाँच्नुको दोसाँदामा पुगाएको छ ।’ बिरे सार्कीले आफ्नो दुखेसो भेट्ने बित्तीकै मलिन स्वरमा ब्यक्त गरे ।

उनले थपेः‘गाउँका योजनामा काम गरी छाक टार्ने गरेका थियौं, सरकारले चैत्र ११ बतेबाट घर बाहिर ननिस्कनु भन्यो, काम पनि रोकीयो हाम्रो घरमा भएको केही दिन हातमुख जोड्यौं अब चुलो बाल्नै पाएका छैनौं । अरुलाई कोरोनाले मार्ने भयो हामीलाई भोकले मार्ने भयो ।’ उनले दुखेसो गरे ।

कथित उपल्ला जातिहरुले दलितहरुलाई ऋण स्वरुप दिएको केही रकमको ब्याज बाफत पुस्तौसम्म उसको घरमा काम गर्नु पर्ने बाध्यतालाई नेपाल सरकारले २०६५ सालमा सूदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा बस्ने हलिया मुक्तिको घोषण गरेको थियो ।

‘मुक्त हलियाको ब्यवस्थापनका लागि सरकारले जग्गा खरीद, घर निर्माण र घर मर्मतको शिर्षकमा रकम समेत दियो तर उनिहरुलाई काम गर्ने अबसर भने कतै दिएन कारण हलियाहरु टेक्ने ठेगान न झुण्डीने हगाउँसो भेटीरहेका छन् । यसले हाम्रो गास खोज्नमै यो पुस्ता जाँने भयो ।’ मुक्त हलिया रंगि बिकले बताए । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन घोषण गरेसंगै हलिया परिवारले काम पाउन छोडेपछि दैनिक ज्यालादारी गरेर परिवार पाल्ने हलिया बस्तिमा भोकमरी भएको हो ।

नेपाल सरकारबाट कुनै पनि जग्गा जमिन नभएका १५ हलिया परिवारलाई बुढीनन्दा नगरपालिका वडा नम्बर १ को तिथिचौरमा घर बनाएर बसालेका छन् । घर नेपाल सरकारले बनाई दिए पनि दैनिक ज्याला मजदुरी र साँहुको काम गरेर साँझ बिहानको छाक टारी रहेका उक्त बस्तिका हलिया परिवार १४ दिनसम्म जेनतेन छाक टारेपनि अहिले भने खाद्य संकट शुरु छ । ‘१५ जनाको कबिला छ ।, कहाँ लिएर पाल्नु कही जाँन पाईने भए पुराना साँहुलाई गुहारेर हातमुख जोड्ने बाटो हुँन्थ्यो अब बाहिर निस्कीय कारबाही हुँँन्छ घरभित्र बसौ भने खाने केही छैन, फसाद भएको छ ।’ मुक्त हलिया चन्द्रे लुहारले बताए ।

नेपाल सरकारले जुकोट, वाई, बाधुको पीपलडाली, कोल्टिको बिरसैन लगाएतका ठाउँबाट ‘क’ बर्गका १५ हलिया परिवारलाई बुढीनन्दा नगरपालिका १ को तिथिचौरमा जग्गा खरिद गरेर घर बनाई दिएको छ । घर मात्र बने खान नपाएपछि केही परिवार घर छोडेर पुरानै गाउँमा साँहुको काम गर्न गए । हाल ७ परिवार मात्र तिथिचौरमा बस्दै आएका छन् । तिनीहरु पनि कोल्टि बजारमा दैनिक ज्यालादारी गरेर बसेका छन् ।

‘कहिलै कोल्टि बजारमा दाउरा बेचेर दाल चामल किनेर खायौ कहिले कसैको खेतमा काम गरेर पोर्सो बोकेर दैनिकी चलाईरहेका थियौ, कोल्टि बजार बन्द भयो दाउरा न लिन जाँन पायौ, बजार बन्दछ दाउरा बिक्रि गर्न पाईदैन । खेतबारिको काम सबै बन्द भएपछि भोकै बस्नु परेको छ ।’ चन्दया लुहारले भने

हाम्रो नामको आफ्नो जमिन छैन् गाउँमा २३ परिवार बस्छौं गाउँ वरपर योजना आयो भने ढुङ्गा गिट्टी कुटेर र काम नपाएको बेला दाउरा बेचेर जमाएको अन्नपात छाटरेको थियो । गाउँमा अहिले हाहाकार छ । लकडाउन सुरु भएपछि छाक टार्ने माध्यम नै बन्द भयो, घरमा नुन, तेल र चामल जस्ता खानेकुरा सकिएको छ ।’ हरीकवलका मुक्त हलिया धन बिकले गुनासो गरे

बाजुरा जिल्लामा कुल १ हजार ३ सय ५३ मुक्त हलिया घर संख्या रहेकोमा ‘क’ वर्गमा १ सय ३२, ‘ख’ वर्गमा २ सय ४६, ‘ग’ वर्गमा १ सय ५० र ‘घ’ वर्गमा ८ सय २५ गरि जम्मा १ हजार १ सय ८९ जनालाई सरकारले परिचय पत्र वितरण गरेको कुरा जिल्ला हलिया मुक्ति समाज संग तथ्याङ्क छ ।

स्थानिय तहका जनप्रतिनिधिले आफु खुसी राहत बाँडीरहेका छन् । नेपाल सरकारले राहातको मापदण्ड बनाएको छ । तर कही कतै कार्यान्वयन भएको छैन । ‘हामीले गरीब बिपन्न र दैनिक ज्याला मजदुरी गरीरहेका हरुको तथ्याङ्क संकलन गरेर राहत बितरण गर्ने योजना बनाएका छौं ।’ स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जिबी शाहीले बताए ।
‘आजको मिति सम्म कुनै पनि स्थानिय तहले राहात बाँडेको जानकारी आएको छैन, नेपाल सरकारले राहत बितरणको मापदण्ड बनाएको छ । त्यस अनुसार कुनकुन स्थानिय तहले राहतको कार्याक्रम बनाएका छौं आएको छैन ।, राहत स्थानिय तहले बाँड्ने हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।

फोटो निमेन्द्र शाही : बाजुराको बुढीनन्दा नगरपालिका–२ थिपीचौरमा सरकारले बनाई दिएको घरमा बसीरहेका स्वामीकार्तिक खाप गाउँपालिका–३ का चन्दया लुहारको परिवार र मुक्त हलियाहरुले घरमा भोकभोकै मर्नु पर्ने दुखेसो सहित खाद्यान्न ब्यवस्थापन गरी दिन जिल्ला प्रशासन कार्यालय बाजुरालाई दिएको निबेदन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE