शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

कर्णालीका युवा नेताले दिए मजुदरलाई राहत

सुर्खेत, ९ बैशाख : समाजबादी पार्टीका दुई युवा नेताले कर्णाली प्रदेशको राजधानी सुर्खेतका विपन्न र दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएका परिवारलाई राहत स्वरुप खाधान्न वितरण गरेका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य बल्बिर नेपाली र कर्णाली प्रदेश कोषाध्यक्ष रगबिर मिजारको पहलमा झण्डै तीन लाख रुपैयाँ बराबरको खाद्यन्न सामाग्री वितरण गरेका हुन् ।

उनीहरुले पहिलो चरणमा विदेशमा बस्ने नेपालीहरुबाट संकलन भएको आर्थिक सहयोगबाट खाद्यन्न किनेर विपन्न र दैनिक मजदुरी गरेर खाने २ सय १० घर परिवारलाई राहतस्वरुप खाद्यन्न वितरण गरेका हु्न् ।

पहिलो चरणमा सुर्खेतको भेरीगंगा नगरपालिका क्षेत्रभित्र मात्रै वितरण गरेको भए पनि दोस्रो चरणमा कर्णाली प्रदेशका अन्य जिल्लामा समेत राहत वितरण गरिने बल्बिर नेपालीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE