बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

सप्तरीको मुसहर बस्तीमा राहत बितरण

मिलन परियार धनगढी, १० बैशाख : स्टोरीज अफ नेपालले मुसहर बस्तीमा राहत वितरण गरेको छ । दलित सरोकार मञ्च नेपालको समन्वयमा सप्तरीको कंचनपुर नगरपालिका वडा नं.५ प्रिपास्थित मुसहर बस्तीमा ५० घर परिवारलाई सोमबार राहत स्वरुप खाधान्न वितरण गरेको हो । सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको बताइएको छ ।

राहत सामाग्री अन्र्तगत प्रत्येक परिवारलाई २५ केजीको एक बोरा चामल,४ केजी दाल,४ लिटर खानेतेल,४ प्याकेट आयो नून,५ केजी च्यूरा,३ केजी भुजा,६ वटा सावुन,१ वटा सेनेटरी प्याड,२ दर्जन बिष्कुट,३ केजी सोयाविन,२ प्याकेट लुगाधुने सर्फ,२ वटा सेनीटाईजर,१ कार्टुन चाउचाउ र १ वटा मास्क बितरण गरिएको हो ।

स्टोरीज अफ नेपालले दुई वर्षअघि बाढीको समयमा मञ्चसँग समन्वय गरेर मुसहर सुमदायका ३५ घर मर्मत र ६ जनाको जस्ता सहितको घर निर्माण कार्य गरेको सो संस्थाका संस्थापक जयदेव पौडेलले जानकारी गराए ।

त्यस्तै गाउँका २८ जना मुसहर महिलाहरुलाई मुढा बनाउने तालिम र १६ जना किशोरीहरुलाई सिलाई कटाई तालिम दिनुका साथै बिउ पुँजीको रुपमा मुढा तालिम प्राप्त गर्ने सबै जनालाई प्रति व्यक्ति ७ हजार सहयोग गरेको पौडेलले बताए । पौडेलका अनुसार सिलाई कटाई तालिम लिएकाहरुलाई पनि प्रति व्यक्ति १० हजार रुपैया सहयोग गरेको थियो ।

लकडाउनका कारण बिहानु बेलुकीको छाक टार्नै मुस्किल परि रहेका बेला आफुहरुलाई भोकमरीबाट बचाएको भन्दै स्थानीय मुसहर समुदायले स्टोरीज अफ नेपालप्रति खुशी भएको बताए । दलित सरोकार मञ्चको तर्फबाट नेपालका संस्थापक पौडेललाई धन्यबाद प्रदान गरिएको छ ।

फोटो : सप्तरीका पत्रकार एवं सामाजिक अभियन्ता भोला पासवानको फेसबुक वालबाट लिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE