बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

सुदूरपश्चिममा १० हजारको कोरोना भाइरस परिक्षण

धनगढी,१० बैशाख : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण भएरनभएको थाहा पाउनका लागि पीसीआर र आरडीटी विधिबाट गरी मंगलबारसम्म करिब १० हजारको परीक्षण गरिएको छ ।

मंगलबारसम्म ९ हजार ९ सय ३१ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यीमध्ये ७ हजार ३ सय ७ आरडीटी र २ हजार ६ सय २४ पीसीआर टेस्ट भएको निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमराज जोशीले बताए । परीक्षण गरिएकामध्ये सात जनाबाहेक सबैको रिपोर्ट आइसकेको छ। सात जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ।

परीक्षण गरिएकामध्ये पाँच जनामा संक्रमण देखिएको छ। तीमध्ये एक जना आइतबार निको भएर सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुई पुरुष र दुई महिलाको उपचार भइरहको छ। आरडीटी टेस्टमा २ जनामा पोजिटिभ देखिएको छ। डडेल्धुरा र बाजुराका एकरएक जनामा पोजिटिभ देखिएको हो।

अन्य तीन जनाको आरडीटी टेस्ट रिपोर्ट गलत देखिएको निर्देशनालयको भनाइ छ। जोशीका अनुसार हालसम्म सबैभन्दा बढी आरडीटी टेस्ट कैलालीमा ३ हजार ३ सय २७ जनाको परीक्षण गरिएको छ। दोस्रोमा डोटीमा धेरैको परीक्षण गरिएको छ। डोटीमा हालसम्म १ हजार २ सय २३ जनाको परीक्षण भएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE