शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

चेपाङ बस्तीमा राहत वितरण

धनगढी, १२ बैशाख : समाजवादी पार्टी शिल्पी विशेष प्रदेश समितिले मकवानपुरको चेपाङ बस्तीमा आज राहत वितरण गरेको छ । राक्सिराङ गाउपालिका-८ कुनाले गाउँका १९ चेपाङ घर परिवारलाई राहत स्वरुप खाधान्न वितरण गरिएको हो ।

वडा कार्यालयले यस अघि ५ केजि चामल,दाल,तेल,नुन लगायतका खाद्यान्न वितरण गरेको भएपनि परिवार संख्या धेरै भएकोले चेपाङ परिवारलाई बिहान बेलुकी छाक टार्न समस्या परेको थियो ।

शिल्पी विशेष प्रदेशका अध्यक्ष दल मर्दन कामीको पहलमा कलबरी चर्च बानियाटार काठमाडौंका पाष्टर रवि श्रेष्ठले खाद्यान्न सहयोग हुन् । श्रेष्ठबाट प्राप्त चामल,दाल,तेल,नुन र सावुन वितरण गरिएको हो ।

आफ्नो अनुरोधलाई स्वीकार गरी राहत स्वरुप खाधान्न उपलब्ध गराउने पाष्टर श्रेष्ठ र अभिनास गुरुङप्रति शिल्पी विशेष प्रदेशका अध्यक्ष दल मर्दन कामीले आभार व्यक्त गरे ।

भिडियो हेर्नुहोस :

भिडियो दलमर्दन कामीको फेसबुक वालबाट लिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE