बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

वल्र्ड भिजन इन्टरनेशनलद्वारा सुरक्षा सामाग्री हस्तान्तरण

धनगढी, १२ बैशाख : वल्र्ड भिजन इन्टरनेशनल नेपालले कैलाली,डोटी र अछाम जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई क्वारेन्टाईन व्यवस्थापनका लागि सुरक्षा सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरस प्रतिकार्य योजना अन्तर्गत वल्र्ड भिजनले स्थानीय साझेदार संस्थाहरुको समन्वयमा कोरोना भाइरस प्रभावित बालबालिका, महिला तथा अत्ति जोखिममा रहेका समुदायहरुलाई सहयोग पुग्ने उद्देश्यले सुरक्षा सामाग्री सहयोग गरेको हो ।

विपद् ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको सुरक्षा सामाग्रीहरुमा त्रिपाल ८ सय २० वटा, बाल्टी १ सय ६० वटा, पिफम १२ रोल, कम्बल २ सय वटा, झुल ४ सय ९४ वटा रहेका छन् ।

वितरण गरिएको सामाग्री मध्ये कैलालीलाई त्रिपाल २ सय ६० वटा, बाल्टी ५० वटा, पिफम ४५ रोल, कम्बल ४ सय ९४, झुल २ सय वटा,डोटीलाई त्रिपाल १ सय ८० वटा, बाल्टी ४५ वटा, पिफम ९ रोल, कम्बल १ सय वटा, झुल १ सय वटा र अछामलाई त्रिपाल १ सय ८० वटा, बाल्टी ४० वटा, पिफम ९ रोल, कम्बल ९०, झुल ९० वटा हस्तान्तरण गरिएको हो ।

उक्त सामाग्रीले तीन वटै जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुग्ने वल्र्डभिजनले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालले आफ्ना परियोजना संचालित कार्यक्षेत्र कैलालीको भजनी, घोडाघोडी, टिकापुर, गौरीगंगा नगरपालिका कैलारी गाउँपालिकामा पनि क्वारेन्टाईन ब्यवस्थापनका लागि प्रत्येक पालिकाहरुलाई त्रिपाल ४० वटा, बाल्टी ११ वटा, पिफम ३ रोल, कम्बल २०, झुल २० वटा, चामल ८ क्विन्टल, साबुन १ सय ३० वटा, सेनिटाईजर ३६ वटा, जग ३ वटा दरले सुरक्षा सामाग्रीहरु सहयोग पनि विज्ञप्तीमा उल्लेख छ ।

क्वारेन्टाईन ब्यवस्थापन तथा सरसफाई प्रयोजनका सामाग्रीहरु नगरपालिका र गाउँपालिका प्रमुख एंव प्रतिनिधीहरुलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिदा डोटी र अछाम जिल्लामा प्रमुख जिल्ला अधिकारी, कैलाली जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र केही कर्मचारीहरुको उपस्थितिमा गरिएको बताइएको छ ।

वल्र्ड भिजनबाट प्राप्त सुरक्षा सामाग्री कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा स्थानियस्तरमा आवश्यकता अनुसार पठाइने जानकारी दिदै डोटीका प्रजिअ टेकनारायण पौडेलले सहयोगप्रति वल्र्ड भिजनलाई धन्यवाद दिए ।
त्यसैगरी कैलालीका सहायक प्रजिअ मोहनराज जोशीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सामाग्री सहयोग गरेर वल्र्ड भिजनले महत्वपूर्ण काम गरेको बताए ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा स्थानियस्तरमा आबश्यकता अनुसार अझै मद्दत बढाउनु पर्ने बताए । स्थानिय संचारमाध्यमसँगको सहकार्यमा प्रदेश सरकारलाई कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा मद्दत गर्न जनचेतनामूलक सूचनाहरु पनि संम्प्रेषण गरिरहेको वल्र्ड भिजन इन्टरनेसनल नेपाल पश्चिम क्षेत्रिय व्यवस्थापक चेतराज भट्टराईले जानकारी गराए ।

भट्टराईका अनुसार,हामी “विगत १८ वर्ष देखि कैलाली जिल्लामा प्रदेश सरकार तथा स्थानिय सरकार सगँको साझेदारीमा सक्रिय रुपमा कार्यरत वल्र्ड भिजन प्रदेश र स्थानिय सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि आफुहरु मद्दत गर्न प्रतिबद्ध रहेको बताए ।

तत्कालका लागि हाम्रो कोभिड—१९ प्रतिकार्य योजना कैलाली, डोटी, अछाम र बझाङ जिल्लाका विभिन्न १६ वटा नगरपालिका र गाउँपालिकामा मात्र संचालन हुने भएतापनि आवश्यकता अनुसार अन्य ठाउँहरुमा सहयोग विस्तार गर्न तयार भएको उनले प्रतिबद्धता व्यक्त गरे ।

विगत १८ वर्षदेखि वल्र्ड भिजन इन्टरनेसनल नेपालले बालबालिकाका लागि कैलाली जिल्लामा शिक्षा, स्वास्थ्य तथा पोषण, संरक्षण, जिविकोपार्जन जस्ता क्षेत्रमा विभिन्न परियोजनाहरु संचालन गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE