बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

भीमदत्त नगरपालिकालाई प्रवासी नेपालीको सहयोग

धनगढी, १३ बैशाख : कञ्चनपुरको भीमदत्त नगरपालिकालाई प्रवासमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । काठमाण्डौँका समाजसेवी प्रविन श्रेष्ठको पहलमा बेलायत,ओमन,युके,साउदी,बेल्जीयस,कतार,दुबै र फ्रान्स बस्ने प्रवासी नेपालीहरुले खाद्यान्न सहयोग गरेका हुन् ।

बेलायत बस्ने भोला खनाल,ओमनमा बस्ने सबु सुनुवार,युके बस्ने इशा गुरुङ,साउदी बस्ने डोरी लाहुरे,बेल्जीयस बस्ने सुनिता गुरुङ,कतार बस्ने तारा केसी,दुवई बस्ने अमृत खड्का,फ्रान्स बस्ने बिमला ले खाद्यान्न सहयोग गरेका हुन् । भीमदत्त नगरपालिकालाई ८९ बोरा जीरा मसिनो चामल सहयोग गरेका हुन् ।

दैनिक ज्वालादारी काम गरेर जीवन गुजारा चलाउने परिवारका लागि भनेर प्रवासी नेपालीहरुले सहयोग गरेको खाद्यान्न हिजो नगर प्रमुख विष्टलाई हस्तान्तरण गरिएको भष्टाचार विरोधी अभियन्ता शारदा भुषालले जानकारी दिनु भयो ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य योगेश साउँद, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एवं महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी, कञ्चनपुरका युवा उद्यमी किरण साउँद र सामाजिक अभियन्ता तथा युवा नेता दिपक डोटेलले सहयोगका लागि पहल गरि दिन श्रेष्ठलाई अनुरोध गरेका थिए ।

उनीहरुको अनुरोधपछि श्रेष्ठले प्रवासमा रहेका नेपालीहरुसंग सहयोगको पहल गरेका थिए । शुक्रबार एक समारोहकाबीच भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टलाई खाद्यान्न हस्तान्तरण गरिएको बताइएको छ ।

नगर प्रमुख विष्टले नगरपालिका क्षेत्रका गरिब,विपन्न एवं दैनिक मजदुरी गरि गुजारा चलाउनेहरुलाई खाद्यान्न वितरण गरिने बताए । खाद्यान्न प्राप्त पश्चात प्रमुख विष्टले लकडाउनका कारण समस्यामा परेका दैनिक काम गरी खानेहरुलाई यो सहयोगले निकै ठूलो मद्त पुग्ने बताउँदै सहयोगको पहल गर्नुहुने र सबै सहयोगीहरुलाई धन्यबाद दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE