बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

महाराष्ट्रमा नेपाली समाजद्धारा प्रवासी नेपालीलाई राहत सहयोग

धनगढी, १५ बैशाख : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या दिनानु दिन बृद्धि भइ रहेको छ । मृत्युदरसंगै संक्रमित हुनेहरुको संख्या पनि प्रत्येक दिन थपिदै गएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२६ पुगेको छ । २६९१७ जना संक्रमित छन् । ५९१४ जनालाई निको भएको छ । महाराष्ट्र राज्यमा मात्र ३२३ जनाको मृत्यु भइ सकेको छ भने ७६२८ जना संक्रमित छन् ।

त्यसैगरी मध्यप्रदेशमा ९९ जना उत्तरप्रदेशमा २९ जना,दिल्लीमा ५४ जना,राजस्थानमा ३३ जना, तमिलनाडुमा २३ जना,आन्ध्र प्रदेशमा ३१ जना,तेलगंना प्रदेशमा २६ जना र गुजरातमा १३३ जनाको मृत्यु भइ सकेको छ । अन्य राज्यहरुमा पनि संक्रमण फैलिएको छ ।

मध्यप्रदेशमा २०९६ जना उत्तरप्रदेशमा १८४३ जना,दिल्लीमा २६२५ जना,राजस्थानमा २०८३ जना, तमिलनाडुमा १८२१ जना,आन्ध्र प्रदेशमा १०९७ जना,तेलगंनामा ९९१ जना र गुजरातमा ३०७१ जना संक्रमित छन् ।

कोरोना भाईरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्नका लागि भारत सरकारले आगामी महिना मे ४ सम्म लकडाउन अबधी लम्ब्याएपछि रोजगारीका क्रममा भारतका बिभिन्न ठाउँमा बस्ने प्रवासी नेपालीहरु निकै ठूलो समस्यामा परेका छन् ।

करिब दुई महिना लामो लकडाउनका कारण रोजगारी गुमेपछि प्रवासी नेपालीहरु सकसपूर्ण अबस्था झेलि रहेका छन् । अध्ययन र रोजगारीको क्रममा तेस्रो मुलुकमा रहेका अधिकांस नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरी स्वदेश फर्काएपनि भारतमा रहेकाहरुलाई भने घर फर्काउन पहलसम्म गरेको छैन् ।

अलपत्र अबस्थामा परेका नेपालीको उद्धार र राहतका लागि महाराष्ट्र राज्यस्थित बिजेपी नेपाली समाज (प्रकोष्ट) ले कोरोना राहत कोष स्थापना गरि अलपत्र नेपालीहरुलाई राहत बितरण अभियान शुरु गरेको छ । सोही अभियान अन्र्तगत महाराष्ट्रको नागपुरमा ९ जना नेपाली परिवारलाई राहत वितरण गरेको छ । बिजेपी नेपाली समाज (प्रकोष्ट) महाराष्ट्र प्रदेश अध्यक्ष धिरेन्द्र सिंह टमट्टा र नेपाली ग्लोबल मंचका सम्पादक प्रेम सिंह जनालाले वितरण गरेका हुन् ।

प्रवासमा बस्ने नेपालीहरुको हक,हित र सुरक्षाका लागि स्थापना गरिएको प्रकोष्टले रोजगारीको क्रममा महाराष्ट्र राज्यका बिभिन्न शहरहरुमा बस्दै आएका नेपालीहरुलाई राहत स्वरुप खाधान्न वितरण गर्दै आएको छ भने अन्य राज्यमा अलपत्र अबस्थामा परकोहरुको उद्धार र राहतका लागि पनि पहल गरि रहेको छ ।

यस्तो विपद्का बेला भारतका बिभिन्न राज्यहरुमा बस्ने प्रवासी नेपालीहरुलाई जोगाउनु मुख्य उदेश्य भएको हुँदा उद्धार तथा राहत वितरण अभियान शुरु गरिएको प्रकोष्टका अध्यक्ष टमट्टाले बताए । उनले भने,हामीले महाराष्ट मात्र नभएर अन्य प्रदेशहरुमा पनि समन्वय गरेका छौं । हाम्रो उदेश्य भनेको भारतभर अलपत्र अबस्थामा रहेका प्रवासी नेपालीहरुलाई बचाउने हो ।

यस अघि बैशाख १२ गते नेपाली ग्लोबल मंचका सम्पादक जनालाको पहलमा मुम्बईस्थित तुर्बे नाबीको सुकुम्बासी बस्तीका ५० जना नेपाली र बंगाली यौनकर्मी महिलाहरुलाई राहत स्वरुप खाधान्न वितरण गरिएको थियो । 40 रिजन्स टु स्माईल नामक गैरसरकारी संस्थाकी संस्थापक रिमा शाहले राहत उपलब्ध गराउनु भएको थियो । बैशाख १४ गते मुम्बईको ऐरोलीस्थित साईनगर बस्ने ५ घर परिवारलाई राहत वितरण गरिएको बताइएको छ ।

प्रवासी नेपाली समाज (प्रकोष्ट) लाई निरन्तर सहयोग गर्दै आउनु भएका बिजेपी नेपाली समाज (प्रकोष्ट) का मार्गदर्शक मान्यबर आमदार तथा महाराष्ट्र विधान परिषद उपनेता भाई गिरकर साहेबको राहत उपलब्ध गराउन महत्वपूर्ण भुमिका रहेको प्रकोष्टका मिडिया प्रभारी समेत रहेका जनालाले नेपाली ग्लोबल मंचका सम्पादक जनालाले कट्‍‍वाल डटकमलाई बताए ।

बिजेपी अनुसुचित जाति सेल,नागपुर अध्यक्ष अम्बादास ऊके साहेब, नागपुर महानगरपालिकाका गटनेता सन्दिप जाधव साहेबले राहत वितरणमा महत्वपूर्ण भुमिका निर्वाह गरी नेपाली समाजलाई निकै गुन लगाउनु भएको भन्दै प्रकोष्टका महाराष्ट्र प्रदेश अध्यक्ष टमट्टाले धन्यबाद दिएका छन् ।

अन्य संगठनझै नेपाली जन सम्पर्क समिति भारतले पनि समस्यामा परेका प्रवासी नेपालीहरुलाई राहत वितरण गरि रहेको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE