शुक्रबार, कार्तिक १४, २०७७
Friday, October 30, 2020

संचारकर्मी कार्कीको विहे भोजको खर्च परोपकारमा

इटहरी, १५ बैशाख : युवा संचार उद्धमी समीर कार्कीले लकडाउन पालना गर्दै विहे मात्रै गरेनन् विहे भोज खर्च निसहाय वाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममा भाग लिए । युवा उद्धमी कार्कीको विराटनगरकी कन्चन थापासंग विवाह भएको हो ।

प्रफुल्ल मुद्रामा प्रतिकृया दिदैं कार्कीले भने, ‘ यो लकडाउन को वीच समय र परिस्थिति अनुसार सिमित पारिवारिक सदस्य वीच भौतिक दुरिलाई अपनाएर विहेको सांस्कृतिक कार्य सम्पन्न गरे, ।

विश्वनै रुईरहेको अवस्थामा हाँसी हाँसी बिहे गर्नै मनले पटक्कै मानेको थिएन तर पूर्व निर्धारित मिति, लगन र पारिवारिक निर्णयलाई रोक्नु अवान्छित लाग्यो, कार्कीले भने ।

युवा उद्धमी कार्कीले यो लकडाउनलाई जसरी भौतिक दुरी कायम गरेर ज़िम्मेवार नागरिकको कर्तव्य पूरा गरे समाजसेवी सोचका उनले विहेको पार्टीमा लाग्ने खर्च निसहाय वाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममालाई निरन्तर दिए ।

प्रदेश नंवर १ को लोकप्रिय टेलिभिजन एरिना टेलिभिजनको प्रमुख कार्यकारी कार्की ‘इन्नोभेटिभ आइडिया’का अभ्यासकर्ताका रुपमा परिचित छन ।

नव दुलही थापा समेत जीवनकै महत्वपूर्ण क्षणलाई परोपकारी क्षेत्रमा जोडिन पाउँदा आफूलाई अत्यन्त आनन्द आएको प्रतिकृया दिन्छिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE