शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

कञ्चनपुरको दोदा नदीमा बेपत्ता बृद्ध फेला परेनन्

धनगढी, १६ बैशाख : कञ्चनपुरमा बाढीले बगाएर एक बृद्ध बेपत्ता भएका छन् भने केही वस्ती डुवानमा परेका छन् कञ्चनपुरको लालझाडी गाउँपालिका-१ विनवारीका अन्दाजी ६० वर्षीय साधु राना दोदा नदी तर्ने क्रममा सोमबार बेलुका साढे ६ बजेतिर बेपत्ता भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

नदी तर्ने क्रममा बेपत्ता राना अझै फेला परेका छैनन् । स्थानीयवासी र प्रहरीले रानाको खोजी गरिरहेको छ। रानासंगै रहेका ५५ वर्षीय उपदेव रानालाई स्थानीयवासीले नदीमा बग्दै गरेका बेला उद्धार गरेका थिए।

प्रहरीका अनुसार ‘बेलुका साढे ६ बजेतिर नदीमा एकजना बगेको खबर प्राप्त हुने बित्तिकै इन्सपेक्टको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । वेपत्ता बृद्धको खोजी जारी छ,नदीमा पानीको बहाव बढेकाले असहज भएको कंचनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए ।

कञ्चनपुरकै मध्यवर्ती क्षेत्रमा सोमबार विहानदेखि परेको हावाहुरी र असिनासहितको पानीले केही वस्तीहरु डुवानमा परेका छन्। बाढीले स्थानीयहरुको १५ विगाहा जमिन बगर भएको बताइएको छ ।

केही दिनदेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षा हुने गरेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

फोटो संचारकर्मी पदम सुनारबाट प्राप्त भएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE