शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

महाराष्ट्र बस्ने प्रवासी नेपालीले पाए राहत

धनगढी, १७ बैशाख : महाराष्ट्र प्रदेशको बदलापुर शहरमा बस्ने प्रवासी नेपालीहरुले राहत पाएका छन् । बदलापूर शहर भारतीय जनता पार्टीकी लोकप्रिय नगरसेविका प्रर्णिता कुलकर्णीद्वारा प्रवासी नेपालीहरूलाई मंगलबार राहत स्वरुप खाद्यान्न उपलब्ध गराएकी हुन् ।

नेपाली ग्लोबल मंचका सम्पादक समेत रहेका जानालाको पहमा राहत उपलब्ध गराईएको हो ।

लकडाउनका कारण समस्यामा परेका बेला प्रवासी नेपालीहरूलाई सहयोग गरेकोमा समाजसेबी कुलकर्णीलाई बिजेपी नेपाली समाज आघाडी बदलापूर शहरका अध्यक्ष प्रेम सिंह ज़नालाले धन्यबाद दिनु भएको छ ।

त्यसैगरी समस्यामा परेका नेपालीलाई साथ र सहयोग गर्नुहुने बिजेपी बदलापूरका बरिष्ठ नगरसेवक प्रशान्त कुलकर्णी साहेबप्रति पनि नेपाली समाज सदैव आभारी रहने समेत जनालाले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE