सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना

धनगढी, २१ बैशाख : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत आएको जलवाष्पयुक्त हावाको प्रभावले आइतबार देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ।

आइतबार देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

सोमबार देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पूर्वी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागमा केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्गरअसिना सहित वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्गरअसिनासहित वर्षाको सम्भावना रहेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE