शुक्रबार, असार २६, २०७७
Friday, July 10, 2020

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३९१ पुग्यो

धनगढी, २२ बैशाख : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको हो । भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएका छन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE