सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

युवा नेता खडक नागरिले बाडे राहत

धनगढी, २३ बैशाख : नेपाल परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक एवं युवा नेता खडक नागरीले धनगढी उपमहानगरपालिका वडा नं.१ पशुपती टोल र वडा नं.२ पुरानो भन्सारमा राहत वितरण गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नं.२ की वडा सदस्य मिना रैकाको रोहवरमा परिवार दलको तर्फबाट युवा नेता नागरीले ५६ घर दलित परिवारलाई राहत स्वरुप खाधान्न वितरण गरेका हुन् ।

डेढ महिनादेखी जारी लकडाउनका कारण बिहान बेलुकी छाक टार्न समस्यामा परेकाहरुलाई साढे चार क्वीन्टल चामल वितरण गरिएको परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक नागरीले बताए । यस्तो भोकमरीका बेला सहयोग गरेको भन्दै दुबै वडाबासीले परिवार दलका युवा नेता नागरीलाई धन्यबाद दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE