बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

रोजगारी गर्न भारत गएकाहरु घर नफर्कदा खेती लाउन समस्या

जगदीश नागरी डोटी, २४ बैशाख : कोरोना भाइरस (कोभिड-१९) विश्वभर महाब्याधीको रुपमा फैलिएका बेला डोटीका ग्रामिण क्षेत्रका खेत भने बाझै छन् । लकडाउनका कारण डेढ महिनादेखी भारतीय सिमानाका बन्द गरिएपछि रोजगारीका क्रममा भारत गएकाहरु गाउँ नफर्केपछि खेत बाझै भएका हुन् ।

यतिखेर खेतमा धानको बिउ राख्ने र बारीमा मकै छर्ने समय भइसक्दा पनी खेत जोत्ने युवाहरु नहुँदा अझै बिउ राखिएको छैन् । डोटीको ग्रामीण क्षेत्रका बासिन्दाहरु रोजगारीको क्रममा भारत जाने र खेती लाउने बेला घर फर्कने गर्दछन् । समयमै खेती लाउन नसकिएपछि उत्पादनमा कमी आउने र भोकमरी हुन सक्ने भन्दै कृषकहरु चिन्तित छन् ।

समयमै लाएको खेतीले उत्पादन पनि बढी हुने र अन्नबाली पनि समयमै थन्क्याउन पाईथ्यो तर यस बर्ष खेत रोप्न ढिलो भयो कृषकहरु बताउछन् । उनिहरुका अनुसार ढिलो खेत रोप्दा उत्पादनमा कमी आउने र भोकमरीको समस्या सृजना हुन्छ ।

आकाशे पानीको भरमा पाखोबारीमा लगाएको खेतीले ६ महिना खान मुस्किल हुने हामीलाई यो बर्ष झनै समस्या पर्ने बोगटान फुड्सिल गाउँपालिका ४ सातफरीका देश बहादुर नेपालीले बताए । उनले भने, यति बेलासम्म धानको बिउ छर्न सकिएको छैन् । उत्पादन निकै घट्छ ।

रोजगारीका लागि भारत गएको छोराले पैसा पठाउला भन्नु पनी छैन् र भारत गएकाहरु घर नफर्किएसम्म खेती लगाउन नसकिने आदर्श गाउँपालिका ७ सातलाका भगी कापडीले बताए । आदर्श गाउँपालिका ७ दहकालिकास्थानका टिकादत्त दाहालको पिडा पनी उस्तै छ । दुई छोरा भारत छन् खेती लाउने बेला आइसक्यो काम गर्ने छोरा लकडाउनले आउन सकेका छैनन् खेती नलाउने हो भने परिवार पाल्न मुस्किल हुने उनले बताए ।

अबस्था यस्तै रहने हो भने यो बर्ष भोकमरी हुने उनी बताउँछन् । त्यसैगरी केहि दिन यता भारी बर्षाका कारण डोटीका उच्च पहाडी गाउँहरुमा गहुँबाली भित्रयाउन कठिनाई परेको बताईएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE