बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

लम्कीचुहा नगरपालिकालाई बित्तिय संस्थाहरुको सहयोग

निर्मल रैका धनगढी, २६ बैशाख : कैलालीको लम्कीचुहा नगरपालिकालाई तीन वटा वित्तिय संस्थाहरुले १ लाख ३६ हजार आर्थिक सहयोग गरेका छन् । विश्वभर महाव्याधीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को रोकथाम तथा न्यूनिकरणका लागि दैनिक ज्यालादारी गरि खाने बिपन्न,गरिब तथा सिमान्तकृत समुदायलाई राहतमा सहयोग होस भन्ने उदेश्यले मेरो माइक्रो फाइनान्सले ७५ हजार,किसान माईक्रोफाइनान्सले ५१ हजार र जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्था लिमिटेडले १० हजारको चेक जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय प्रतापपुरका शाखा प्रमुख दयाराम यादवले बिहिबार तीनै वटा संस्थाको तर्फबाट नगर प्रमुख माहादेव बजगाईलाई हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले स्थापना गरेको विपद् ब्यवस्थापन कोषमा जम्मा गर्नका लागि चेक हस्तान्तरण गरिएको बताईएको छ ।  नगरपालिकाको चैत १८ गतेको निर्णय अनुसार दैनिक ज्यालादारी गरिखाने अति बिपन्न परिवारलाई खाधान्न बितरण गर्ने कार्यक्रम अन्तर्गत लम्कीचुहा नगरपालिकाभित्र शाखा कार्यालय रहेका तीन वटा वित्तीय संस्थाले संयुक्त रुपमा आर्थिक सहयोग गरेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड प्रतापपुरका शाखा प्रमुख यादवले बताए । विपद् ब्यवस्थापन कोषमा अन्य सहयोगी दाताले पनि सहयोग गर्दै आएको नगर प्रमुख बजगाईले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE