सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

गरिवको सहारा बन्दै गायिका टीका सानू

धनगढी, २९ बैशाख : नेपाली लोक दोहोरी गीतबाट चर्चाको शिखरमा पुग्न सफल लाखौ दर्शकको मन मुटुमा बस्न सफल चर्चित गायिका टीका सानू यतिबेला डेढ महिनादेखी जारी लकडाउनका कारण पिडामा छटपटाइरहेका नेपालीहरुलाइ खुला मनले साथ दिने माध्यम बनेकी छन् ।

कोमल हृदयकी टीकाले कसैको दुख देख्न र सहन नसकेर यतिबेला उनि फेसबुक लाइभ मार्फत पीडामा परेका परिवारलाई राहत उपलब्ध गराउन थालेकी छन् । उनले जयराम ओलि मार्फत अति पिडित तीन परिवारको चुलो बाल्न मदत गरेकी छन् ।

तुल्सीपुर नगरपालिका भित्रका आफ्नो छिमेकी गाउँ घोरानेटी,सुनौलीपुर,नयाँबस्ती र रक्षाचौरका मजदुर परिवारको घरमा उनी राहत स्वरुप चामल,नुन,तेल,साबुन र चिनी लगायत खाधान्न बोकेर पुगेकी छन् ।

कोरोना भाईरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण सुरुदेखिनै टीका सानूले लाखौ रकम बराबरको राहत सहयोग विभिन्न ब्यक्ती र क्षेत्रमा गर्दै आइरहेको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE