बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

चर्चित गायिका रीता थापाको नेतृत्वमा कोभिड–१९ सहयोग समिति गठन

काठमाडौं ३० बैशाख : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि प्रति दिन बृद्धि हुदै गएको छ । हिजो एकै दिनमा १६ जनामा संक्रमण देखा परेपछि नेपालमा पनि उच्च जोखिम बढेको छ । अहिलेसम्म संक्रमित हुनेको संख्या १३४ पुगेको छ । ३३ जना निको भएर घर फर्केका छन् ।

नेपाल सरकारले गरेको लकडाउनका कारण कलाकारहरुले निकै सास्ती खेप्नु परेपछि राहत सहयोग तथा अन्य सहयोगका लागि सरोकारवाला निकायहरुसंग समन्वय गर्ने उदेश्यले कोभिड-१९ सहयोग समिति गठन गरेको छ ।

देशभर आयोजना हुने बिभिन्न मेला,महोत्सव,बिदेशमा हुने सांगितिक प्रस्तुती गरेर जीवीकोपार्जन गर्दै आएका कलाकारहरु कोरोना महामारीको बेला भोकै बस्नु नपरोस भनेर राहत सहयोग गर्नका लागि कोभिड-१९ सहयोग समिति गठन गरिएको हो ।

रास्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष रीता थापाको संयोजकत्वमा गठन गरिएको सहयोग समितिले डेढ महिनादेखी जारी लकडाउनका कारण मर्कामा परेका कलाकारहरुलाई राहत सहयोग अभियान संचालन गर्नेछ । यो अभियान सातै प्रदेशमा लागु हुनेछ ।

कलाकार स्तरबाट बनाइएको सहयोग समितिको संयोजकमा थापा, सदस्यहरुमा राधिका हमाल,हरि डॉंगी,पिएन सापकोटा,देवी घर्ती,प्रकाश भट्ट,सुवास रेग्मी,सम्झना लामिछाने र समितिको सदस्य सचिवमा सुवास केसी रहेका छन् ।

समितिले कोरोना भाइरस कोभिड-१९ का कारण आपत बिपद्मा परेका कलाकारहरुलाई सहयोग गर्ने,सबैखाले सहयोगका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले बताए ।

लकडाउनको सुरुवाती दिनदेखिनै काठमाडौंमा डेरा गरी बस्ने कलाकारहरुलाइ राहत स्वरुप खाधान्न तथा नगद सहयोग गर्दै आएको प्रतिष्ठान महासचिव एवं सहयोग समिति सदस्य सचिव सुवास केसीले प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले बताए । केसीका अनुसार नेपालमा संक्रमणदर थपिदै गएपछि लकडाउन अझै लम्बिन सक्ने सम्भावना रहेकाले सहयोग समिती गठन गरिएको हो ।

त्यसैगरी गठन गरिएको सहयोग समितिलाई आबश्यक सल्लाह र उसले गर्न कार्यहरुको अनुगमन गर्न प्रतिष्ठानका तीन सदस्यीय सल्लाहकार तथा अनुगमन समिति पनि गठन गरिएको छ । सदस्यहरुमा प्रतिष्ठानका निबर्तमान अध्यक्ष बद्री पंगेनी,पूर्व अध्यक्ष दुर्गा रायमाझी र सल्लाहकार पृथ्वी थकाली रहेका छन् ।

समितिलाई सहयोग गर्न चाहानुहुने स्वदेश तथा बिदेशमा रहनुहुने सहयोगी दाताहरुले महालक्ष्मी बिकास बैंक लिमिटेड खाता न. 05500100473345000001  मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE