सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

नेपाली भूमिको रक्षा गर्नु प्रमुख दायित्व

कृष्ण रणपाल बुटवल, जेठ १ गते : भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको प्रति वरिष्ठ पत्रकार,सामाजिक अभियन्ता तथा अधिवक्ता बालकृषण चापागाईले कडा शब्दमा बिरोध जनाउनु भएको छ ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका चापागाईले आज एक प्रेस विज्ञप्ती जारी गरी नेपालको सीमा क्षेत्र पटक पटक अतिक्रमण हुँदा हामी नेपालीहरुको मन छियाछिया भएको छ भन्दै अबिलम्ब अतिक्रमण रोक्न माग गर्नु भएको छ ।
उहाँले सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको नेपाली भूमिमाथि भारत सरकारले किन यस्तो हेपाहा प्रवृत्ति देखाउँछ ? यो अत्यन्त गम्भीर प्रश्न रहेको प्रेस विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

पछिल्लो समयमा भारतले महाकाली नदीसँग जोडिएको लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमण गरी सडक निर्माण कार्य गरिरहेकोमा अत्यन्त मर्माहत भएका छौं भन्दै विज्ञप्तीमा हाम्रो भूमिमाथि कसैले अतिक्रमण नगरोस् भन्ने चेतावनी समेत दिनु भएको छ ।

उहाँले पटक पटक लामो समयदेखि सीमा विवादमा मुलुक अल्झी रहनु परेको उल्लेख गर्दै अबका दिनमा केही सीमा नाकाहरुमा राज्यको उपस्थिति कायम गरी खुल्ला सीमा सदाका लागि बन्द गर्ने कार्यको अबिलम्ब थालनी गर्न आग्रह पनि गर्नु भएको छ ।

सीमा बन्दको लागि सरकार, सत्तापक्ष, प्रतिपक्ष, नागरिक समाज र सञ्चार क्षेत्र सबै एकजुट भएर अगाडि बढौं भन्दै नेपाली भूमिको रक्षा र संरक्षण गर्ने दायित्व हामी नेपालीकै हो भन्ने कुरालाई आत्मसात गरौं भन्ने आव्हान पनि गर्नु भएको छ ।
उहाँले इलामको पशुपति नगर, सुस्ता, महेशपुर,रुपन्देहीको खुर्दलोटन बाँध या कञ्चनपुरका सीमा क्षेत्र हुन् । उत्तरतिरका कतिपय हिम शृङखलाका नेपाली भूमि हुन्, जसलाई हामीले नेपाली भूमिको यकिन गरी राम्रोसँग संरक्षण गर्नु आवश्यक रहेको रहेको बताउनु भएको छ ।

भारत सरकारले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्दै गरेको विषय संसदमा प्रस्तुत भइसकेको र भारत सरकारले सीमा मिचेको कुरा पनि प्रमाणित तथ्य सार्वजनिक भइसकेको अवस्थामा नेपालीहरु एकजुट भई आफ्नो भूमिको रक्षा गर्नु यतिबेलाको प्रमुख दायित्व बनेको बताउनु भएको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE