शुक्रबार, असार २६, २०७७
Friday, July 10, 2020

जातीय विभेद् नेपाली समाजको उदांगो चरित्र

काठमाडौं १० जेठ : पृथ्वीको उत्पतिदेखि थुप्रै युग परिवर्तन हुदै विश्व यतिबेला वैज्ञानिक युगमा रूपान्तर भएको छ । आजको युग २१ शौं शताब्दीको युग हो, जागरणको युग हो,विज्ञानको युग हो, स्वतन्त्रताको युग हो, स्वाधीनता को युग हो, कुनै पनि विभेद् र मुक्तिको युग हो र परिवर्तनको युग हो । विश्वका लाखौं मानिसहरू आफ्नो जीवन स्वतन्त्र तरिकाले वाच्न पाउने अन्तर्राष्ट्रिय मानवअधिकार ऐनमा पनि उल्लेख गरिएको हामी पाउँदछौ । आजको सचेत जनताले भेदभाव र उचनिचको पाखण्डलाई सहनै सक्दैनन् र सकिदैन पनि ।

जहाँ भेदभाव हुन्छ, अन्याय हुन्छ अत्याचार हुन्छ, भष्टाचार हुन्छ, विभेद् हुन्छ त्यसका विरूद्धमा प्रतिकार हुन्छ यो विज्ञानको नियम पनि हो । नेपालको दलित मुक्ति आन्दोलन र विभिन्न व्यवस्था परिवर्तन आन्दोलनहरूबाट प्राप्त उपलब्धिको उपज जातीय विभेद्को मुद्दालाई केही हदसम्म सार्थकतामा पुर्याएता पनि संविधानमा उल्लेख गरियता पनि अझै पनि हाम्रो नेपाली समाजमा जातीय विभेद्का घटनाहरू घटी रहनु अत्यन्तै निन्दनीय दुखद पक्ष हो ।

आजको वैज्ञानिक युगमा पनि नेपाली समाजबाट जातीय छुवाछूतको विभेद् किन हट्न सकेन आजका सचेत युवाहरूले विश्लेषण गरौ,मनन गरौ र सम्पूर्ण दलित युवाहरूले आत्मसाथ गरि परिवर्तनकारी मुक्तिको आवाज उठाउदै कसरी मुक्ति संभव छ एकपटक गम्भीर भएर विचार गरौ । परिवर्तनका थुप्रै राजनीति आन्दोलनहरूमा सबैभन्दा बढी वलिदानी र साहसिक कदमको महत्वपूर्ण भुमिकामा दलित सुमदायको रहेपनि राज्यको नीति निर्माणमा पहुँचै नभएको जस्तो देखिन्छ नेपाली राजनीतिमा । मुक्तिको लागि सधैं लडाइँ लडि रहनुपर्ने र योगदान र वलिदान दिई रहनुपर्ने तर परिवर्तन कहिले पनि नहुने यो गम्भीर विषय हो । यसको मुख्य जरा नै के हो भन्ने विषय नै प्रमुख हो ।

विभेद र छुवाछूतको जन्जीरले अहिलेका सचेत युवा पुस्ताहरूलाई कहिलेकाही आत्मगलानी वितृष्णा पैदा हुन्छ कारण आजको वैज्ञानिक युगमा पनि मान्छे मान्छेमा भएको विभेद र छुवाछुतको पर्खाललाई देख्दा नै हो । विश्वले विज्ञानमा प्रतिस्पर्धा गरिरहेका छन् कुन चै राष्ट्र शक्तिशाली वन्ने भनेर होडवाजी चलि रहेको छ । विडम्बना नेपाली समाजमा भने अहिले पनि जातीय रूपमा भेदभाव हुनु छुवाछूत हुनुले पनि नेपाल र नेपाली समाज अझै कहाँ छ भन्ने ठूलो महत्त्वपूर्ण प्रश्न उठाएको छ ।

शताब्दी देखि अहिलेसम्म किन विभेद हट्न सकेन
सवैधानिक अधिकार मा सुनस्चित रहेता पनि किन छुवाछूत नेपाली समाजवाट अत्य हुन सकेन
कारण थाहा नै छ
अझै पनि पृतिसतात्मक सोच आफ्नै प्रकारको संस्कारमा वाधिएको जन्जिरवाट त्यसलाई तोड्न नसक्नु र परिवर्तनको सोच नराख्नु ले पनि आजको समाजमा जातीय छुवाछूत र भेदभाव ले प्रसय पाई रहेको हो देखिन्छ ।

यसै कारणले पनि आजको युगमा मान्छे स्वतन्त्र वस्न चाहन्छ ।
त्यसैले पनि दासताको जिन्दगी वाँच्नु भन्दा परिवर्तन भएर वाँच्न पर्ने वाध्यता रहेको देखिन्छ ।

विचार गरौ वैज्ञानिक युगमा
विभेद र छुवाछूत शैय हुनै सक्दैन
आजको पुस्ताले यसलाई अवलम्बन गर्नै सक्दैन
त्यसैले
हिन्दु ब्राम्हण जडसुत्र संस्कार र परम्परा मान्ने समुदाय भित्र विभेद्को जरा धेरै रहिरहेको अझै पनि देखिन्छ ।
त्यहीँबाट हामी आफै बाहिर आउन सकेनौं भने छुवाछूत र जातीय विभेदको दलन शदिऔंसम्म रहिरहने देखिन्छ । त्यसैले आजका सचेत युवाहरूले यो छुवाछूतको जन्जीरलाई तोड्नु पर्छ । व्यावहारिक तवरबाट समाजवाट यसलाई हटाउनु पर्छ र समाधान निकाल्नु पर्छ ।

सामाजिक सद्भावलाई आत्मसाथ गरौ
छुवाछूत र विभेद् रहित समाज निर्माण गरौ

समतामूलक सामज आजको आवस्यकता हो ।

सल्यान दमाचौर निवासी लेखक परियार हाल वागवजार काठमाडौंमा बस्नुहुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE