मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

जातीय विभेद् गर्ने ओमप्रकाश पाण्डेय प्रहरी हिरासतमा

धनगढी, ११ जेठ : सामाजिक संजालमार्फत जातीय विभेद् तथा छुवाछुत गरेको आरोपमा धनगढीमा एक युवालाई प्रहरीले प्रकाउ गरी हिरासतमा राखेको छ । रेडियो डेलीमेलको विहान प्रत्यक्ष प्रशारण हुने कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्ने क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सामाजिक संजाल मार्फत जातीय विभेद् गर्ने धनगढी उपमहानगरपालिका ३ बोराडाडी बस्ने ४० बर्षिय ओमप्रकाश पाण्डेय शुक्रबार प्रकाउ परेका हुन्।

जिल्ला प्रहरी कार्यलय धनगढीले पाण्डेयलाई प्रकाउ गरेको हो । जातीय विभेद् तथा छुवाछूत गरेको भन्दै जेठ ५ गते पाण्डेय बिरुद्ध जिल्ला प्रहरी कार्यलय धनगढीमा मुद्दा दर्ता भएको थियोे । पाण्डेय विरुद्ध नेपाल परिवार दलका सुदुरपश्चिम संयोजक खडक नागरी,नेपाल दलित समाज कल्याण संघ क‌ैलाली जिल्ला कार्यसमिति सदस्य पतिराम सोव, मिशन अम्बेडकर नेपालका केन्द्रीय अध्यक्ष मनोज जैगडी र दलित गैरसरकारी संस्था महासंघ कैलाली अध्यक्ष खड्क विकले जेठ ५ गते मुद्दा दर्ता गर्नु थियोे ।

प्रहरीले आरोपितलाई शुक्रबार प्रकाउ गरिएको हो । प्रहरीले पाण्डेय बिरुद्ध जातीय विभेद तथा छुवाछूत कसुरमा मुद्दा दर्ता गरि कारवाही अगाडि बढाएको छ। आरोपित पाण्डेलाई कानून बमोजिम कारबाही गरिनु पर्ने दलित अधिकारकर्मीहरुले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE