सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

रुकुम घटनाका दोषीलाई कारबाही गर्न समता मिडिया सेन्टरको माग

धनगढी, १४ जेठ : पश्चिम रुकुममा भएको घटनाप्रति समता मिडिया सेन्टरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानून बमोजिम निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गर्दै सेन्टरले दलित समुदाय विरूद्ध हुने सबै प्रकारका हिंसा र विभेद् अन्त्य गर्न सबैलाई अपील गरेको छ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज बिक, गणेश बुढा मगर,चौरजहारी नगरपालिका-१ का टीकाराम सुनार र बेपत्तामध्ये १८ वर्षीय लोकेन्द्र सुनारको ज्यान जानेगरी भएको घटनाको तत्काल निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न सेन्टरले माग गरेको छ।

सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानविन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

घटनामा राजनीतिक, आर्थिक प्रलोभन र प्रभाव पर्ने सम्भावना भएको हुँदा प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही गर्न, पीडितका परिवार तथा आफन्तहरूको जीउधनको सुरक्षा सुनिश्चित र भेरी नदीमा हराइरहेका अन्य व्यक्तिको तदारूकतासाथ खोजी गर्न समेत सेन्टरले माग गरेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE