सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

रुकुम नरसंहार : थप एक जनाको शव भेटियो,मृतक संख्या ५ पुग्यो

धनगढी, १५ जेठ : पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराएका भनिएका थप एकजनाको शव फेला परेको छ । भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेका हो । भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यो सँगै मृतकको संख्या ५ पुगेको छ । भेरी नगरपालिका वडा नम्बर ११ का गोविन्द शाही भने अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघिनै फेला परिसकेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE