शुक्रबार, कार्तिक १४, २०७७
Friday, October 30, 2020

रुकुम नरसंहार : दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय दलित पत्रकार संघद्धारा माइतीघरमा प्रदर्शन

काठमाडौं, १६ जेठ : रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नमाथि कारबाही माग गर्दै माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन भएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल,जागरण मिडिया सेन्टर लगायत विभिन्न संघ–संस्थाले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् । पाँजजना दलित समुदायका युवाहरु सेतो कपडाले बेरिएका क्याण्डिल बालेर प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघका महासविच रमेश विष्ट,जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्मा,साझा पार्टीका नेता प्रकाशचन्द्र परियार,पत्रकार ऋषि धमला, संघका उपाध्यक्ष गोपाल बराइली मन्तब्य राखेका थिए।

गत शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा केटी लिन भन्दै गएका जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघिनै फेला परिसकेको र हिजो मात्र भेरी नगरपालिका-४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेको थियो । गोविन्द साही अझै वेपत्ता छन अझै बेपत्ता छन् ।

१९ जनाको समूहमा आएका उनीहरुलाई केटी पक्ष र स्थानीयले हत्या गरेको प्रदर्शनकारीहरुको आरोप छ । अनुसन्धानका लागि वडाध्यक्षसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE