सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

रुकुम नरसंहारको मुगुमा पनि प्रदर्शन

वसन्त बाघचन मुगु, १६ जेठ : संयुक्त दलित संर्घष समिती मुगुले रुकुम पश्चिममा भएको हत्याकाण्डको बिरोधमा आज ज्ञापनपत्र बुझाउदै बिरोध प्रदर्शन गरेको छ। जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका नबराज बिक र रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतिका सुस्मा मल्लबीच भयको प्रेम सम्बन्ध बिबाहमा परिणत हुने क्रममा गत जेष्ठ १० गते ६ जनाको सामुहिक हत्या गरियको थियो ।

सोही हत्याकाण्डका दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गदै जिल्ला प्रशासन कार्यालय मुगुका प्रजिअ मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र पेश गरियको हो।

उक्त घटनाको सत्य,तथ्य छानबिन गर्न अधिकार सम्पन्न उच्च स्तरीय छानविन समिति गठन,घटनाका दोषीलाइ हदैसम्मको कारबाही,मृतकहरुलाई सांस्कृतिक सहिद घोषणा तथा बेपत्ताको खोजी र घाइतेको उपचार, मृतकका परिवारलाई क्षेतिपुर्ती,लगायतका माग गर्दै ज्ञापनपत्र पेश गरिएको थियो ।

समितिले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रजिअ कृष्ण कुमार निरौलाले यो घटनाको विषयमा नेपाल सरकार गम्भिर भएको र यो ज्ञापनपत्र आजनै गृह मन्त्रालयमा पठाउने बताए ।

यो घटनालाई राजनीतिकरण गर्ने,लुकाइ छिपाइ गर्ने,सत्य तथ्य प्रमाण लुकाउने प्रयास गरे सरकारले ठुलो क्षति बेहोर्नु पर्ने समितिका एक सदस्यले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE