मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

राष्ट्रिय दलित पत्रकार संघ नेपालद्धारा धनगढीमा प्रदर्शन

धनगढी, १७ जेठ : रुकुम पश्चिम नरसंहारको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले विरोध प्रदर्शन गरेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय प्रेम सम्बन्धका कारण प्रेमी नवराज विक सहितको ६ जना युवाको हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै आईतबार विहान ९ बजे धनगढीको पार्कमोडमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखा,प्रेस संगठन नेपाल,प्रेस यूनियन,नेपाल आदीबासी जनजाती पत्रकार महासंघ,महिला पत्रकार समूह,नेपाल फोटो पत्रकार संघले ऐक्यबद्धता जनाउँदै दुबै हातमा मैन बत्ती र प्लेकार्ड बोकेर ‘सरकार, अँध्यारोमा कहाँ छ उज्यालो यहाँ छ’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा संघका सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष रमाभट्राईले रुकुम पश्चिमको हत्याकाण्ड जातीय विभेद्कै कारण भएको घटना भएकाले दोषीमाथी कडा कारबाही हुनुपर्ने बताउनु भयो । प्रदर्शनमा संघका प्र्रदेश ईन्चार्ज मिलन परियार,प्रदेश समिति सदस्य विवेक नागरी लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE