मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

रुकुम पश्चिम नरसंहारको बिरोधमा धनगढीमा प्रदर्शन

धनगढी, १८ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा भएको नरसंहारको विरोधमा अधिकारकर्मीहरुले धर्ना दिएका छन् ।

कैलालीका मानब अधिकारकर्मीले रुकुम नरसंहारको बिरोधमा घटनाको निष्पक्ष छानविन र हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा आईतबार विहान ९ बजेदेखी १० बजेसम्म धर्ना दिएका हुन् ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार,भेरी नगरपालिका-४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव यसअघिनै भेरी नदीको किनारमा फेला परिसकेको छ । एक जना अझै बेपत्ता छन् । घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न समेत अधिकारकर्मीहरुले माग गरेका छन् ।

कालो पट्टीसहित धर्ना बसेका प्रदर्शनकारीहरूले नवराज बिक लगायतका ६ जनाको हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा दोषीलाई उम्कन नदिन माग रहेको बताइएको छ ।

मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम बिसि,नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरी,नेपाल दलित संघका कैलाली सचिव चक्र नेपाली,दलित महिला अधिकार मंचका अध्यक्ष साबित्रा घिमिरे,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य गोकुल बिसी,नेपाल राष्टिय दलित समाज कल्याण संघका अध्यक्ष चक्र विक,सामाजिक अभियन्ता बिर्खलाल विक,गैरसरकारी संस्था महासंघ कैलाली शाखा सदस्य चेतमान साउँदले मन्तव्य व्यक्त गरेका थिए । सामाजिक अभियन्ता देब बहादुर बिकले कार्यक्रम संचालन गरेका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE