शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

रुकुम नरसंहारको विरोधमा पूर्वप्रधानमन्त्री भट्टराई पुगे माइतीघर मण्डला

काठमाडौ, १८ जेठ : रुकुम नरसंहारको विरोध गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आफै माइतीघर मण्डला पुगेका छन् ।
अन्तरजातिय प्रेम सम्बन्धलाई लिएर भएको रुकुम नरसंहारको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आइतबार माइतीघरमण्डलामा गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागि भएका हुन ।

लकडाउनको वेवास्ता गर्दै रुकुम नरसंहारलाई लिएर अहिले माइतीघरमा दिनदिनै विरोध प्रर्दशन भइरहेको छ । त्यहि क्रममा जसपाका कार्यकर्ताहरुले घटनाको विरोध गर्दै निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै विरोध गरेका छन् ।

जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विकको अन्तरजातिय प्रेमलाई लिएर रुकुम पश्चिमको सोतीमा भएको नरसंहारमा ६ जनाको ज्यान गएको थियो भने एकजना अझै वेपत्ता छन् । सोतीमा रहेकी आफ्नी प्रेमिका सुष्मा मल्ललाई साथीहरुसहित लिन जाँदा नवराजमाथि गाउँलेले आक्रमण गर्दा उनिसहित ६ जनाको हत्या भएको थियो । जुन घटनाको संसददेखि देशभर व्यापक विरोध भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE