सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

रुकुम पश्चिमको घटनामा प्रश्न नउठ्ने गरी अनुसन्धान हुन्छ : गृहमन्त्री थापा

काठमाडौं, १८ जेठ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।

आइतबार गृह मन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै थापाले घटनाका दोषीलाई कानूनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समिति समेत घटनास्थलमा पुगेर छानविन सुरु गरिसकेको उनको भनाइ छ ।

उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरी काम गर्न सचेत गराइएको समेत जानकारी दिए । उनले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजी कार्य जारी रहेको बताए ।

घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को समेत छुट्टै टोली छानबिनका लागि पठाउने कि भन्नेबारे छलफल भइरहेको प्रतिनिधि मण्डललाई जानकारी गराए ।

घटनाका सम्बन्धमा शनिबार बसेको मन्त्रिपरिषद बैठकमा समेत छलफल भइसकेको बताएँदै उनले जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको पनि जनाए । उनले जातीय उत्पीडनको अन्त्यका लागि आआफ्नो ठाउँबाट भूमिका खेल्न समेत प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गरेका छन् ।
अनलाइनखबरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE