बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

रुकुम पश्चिम नरसंहारको बिरोधमा डोटीमा प्रदर्शन

डोटी, १८ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा भएको नरसंहारको विरोधमा दलित अधिकारकर्मीहरुले डोटीमा प्रदर्शन गरेका छन् ।

डोटीमा क्रियाशिल दलित अधिकारकर्मीले रुकुम नरसंहारको बिरोधमा निष्पक्ष छानविन र हत्यारालाई कारबाहीको माग गर्दै दिपायलको पिपल्लामा आईतबार दिउसो ३ बजे प्रदर्शन गरिएको हो।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार,भेरी नगरपालिका-४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव यसअघिनै भेरी नदीको किनारमा फेला परिसकेको छ । एक जना अझै बेपत्ता छन् । घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न समेत अधिकारकर्मीहरुले माग गरेका छन् ।

प्लेकार्डसहित प्रदर्शन गरेका प्रदर्शनकारीहरूले नवराज बिक लगायतका ६ जनाको हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा दोषीलाई उम्कन नदिन माग रहेको बताइएको छ ।

दलितअधिकारकर्मीहरुद्धारा संयुक्त आयोजना गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका क्षेत्रीय सभापती विजय खड्का,नेपाली कांग्रेसका नेता कुमार सिंह टेलर,नेपाल दलित संघ डोटीका अध्यक्ष लाल बहादुर बिक,नेकपाका नेता अमित नेपाली,सामाजिक अभियान्ता महेश बेन्जामिन र व्यवसायी प्रताब विकले मन्तब्य ब्यक्त गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE