मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

रुकुम नरसंहारको विरोधमा मानवअधिकारकर्मीद्धारा प्रदर्शन

धनगढी, २० जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा भएको नरसंहारको विरोधमा मानव अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।

संयुक्त दलित संघर्ष समितिको ओयोजनामा कैलालीका मानब अधिकारकर्मीले रुकुम नरसंहारको बिरोधमा घटनाको निष्पक्ष छानविन र हत्यारालाई कारबाहीको माग गर्दै सुदूरपश्चिम प्रदेश सभा अगाडी सोमबार दिउसो ३ बजेदेखी ४ बजेसम्म प्रदर्शन गरेका हुन् ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार,भेरी नगरपालिका-४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव भेरी नदीको किनारमा फेला परिसकेको छ । एक जना अझै बेपत्ता छन् । घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न समेत अधिकारकर्मीहरुले माग गरेका छन् ।

धर्ना बसेका प्रदर्शनकारीहरूले नवराज बिक लगायतका ६ जनाको हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा दोषीलाई उम्कन नदिन माग रहेको नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र बहादुर टेलरले बताए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य महेश्वर पाठक, नेपाली काङ्ग्रेसका गोबिन्दराज जोशी,संबिधान सभा सदस्य हरि श्रीपाइली,सुदूरपश्चिम प्रदेश सभा सदस्य दिर्घ सोडारी,लिलाधर भट्ट,उमादेबी बादी,मानबअधिकारकर्मी गोमा आचार्य,डिल्लीराज जोशी, नेपाल बिधार्थी संघका नृप सुनार लगायतले मन्तब्य रारेका थिए ।

लेखक तथा बुद्धिजिवी बसन्त बागचन्द,नेपाल दलित संघका पूर्व कार्यबाहक अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष छत्र बहादुर टेलर,इन्सेकका कृष्ण बिक,दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली,समता मिडिया सेन्टरका अध्यक्ष मिलन परियार,नेकपाका नेता पदम विश्वकर्मा,नेकपा केलाली जिल्ला कमिटि सदस्य गोविन्द विक,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य गोकुल विसी,नेकपाका नेता देब बहादुर विक,दलित महिला अधिकार मंचका अध्यक्ष साबित्रा घिमिरे लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको नेपाल दलित संघका कैलाली जिल्ला अध्यक्ष प्रेम बिकले अध्यक्षता गरेका थिए भने संचालन मुक्ति समाजका कैलाली जिल्ला अध्यक्ष चक्र बिकले गरेका थिए ।

समर्पण मिडिया धनगढीको युट्युव च्यानलबाट साभार गरिएको भिडियो तल हेर्नुहोस :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE