मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

क्वारेन्टाइनमा बसेकाहरुको गुनासो न खाना न पानी छ !

बसन्त बाघचन मुगु, २० जेष्ठ : मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित महाकाली नमुना उच्च माध्यमिक बिधालय भबनमा रहेको क्वारेन्टाइनमा बसेकाहरुले आफूहरुलाइ न त खाना न त खाने पानीको ब्यबस्था नभएको दुखेसो पोखेका छन।

बिश्वभर फैलिएको कोरोनो भाइरस (कोभिड-१९) का कारण कोरोनो संक्रमणबाट आम नागरिक सुरक्षित रहन सरकारले क्वारेन्टाइनको ब्यबस्था गरे अनुरुप छाँयानाथ रारा नगरपालिका मुगुले बनायको क्वारेन्टाइनमा बसिरहेका भारत तथा नेपालभित्र बाट आयका छाँयानाथ रारा नगरपालिका भित्रका तीन जना महिला र १७ जना पुरुष गरि बीस जना ब्यक्ति हरुले यस्तो दुख पोखेका हुन ।

बिगत सात दिन देखि क्वारेन्टाइनमा राखेका आयका छायानाथ रारा नगरपालिका वडा न. १२ कम्फाका सागर परियारले आफू भारतबाट आयको र सुरुका दुई दिन आफू भोकभोकै बसेको पछिल्ला दिनहरुमा घर बाट खाना ल्यायर खायको भयता पनि आज भोलि बिहान बेलुका कतिखेर खाना पाइने हो भन्ने चिन्ता लाग्ने गरेको दुखेसो पोखेका छन।

अन्य आफुहरुको समस्यालाई समाधानका लागी नगरपालिका लाई गुनासो गर्दा नगरपालिकाले सुनुवाइनै नगरेको पनि उन्ले बताय। । त्येस्तै भारत बाट आइ क्वारेन्टाइनमा राखेका छायानाथ रारा नगरपालिका वडा न.१का नन्दराज मल्लले आफुलाइ आबस्यक्ता अनुसारको सेनिटाइजर, साबुन,माक्स समेत नपायको दुख पोखे ।

अर्का छायानाथ छायानाथ रारा नगरपालिका वडा न. १ कि दुर्गा मल्लले दुखेसो पोखिन आफुहरुलाइ धमिलो खानेपानी खानुपरेको,धुलो बालुवा भएको कोठामा सामान्य म्याटिक्समा सुत्नु परेको चर्पी बाथरुमको उपउक्त ब्यबस्था नभएको ठाउँमा बस्दा आफ्नो स्वास्थ्य तथा ज्यान सुरक्षित अवस्थामा घर फर्किने अवस्था नभई अझै बिरामी अबस्थामा घर फर्किनु पर्ने अवस्था आयको चिन्ता छ।

नेपाल सरकारको निति अनुसार क्वारेन्टाइनमा राखेका ब्यक्तिहरुलाइ स्वास्थ्य लाई आबस्यक्ता अनुसारको गाँस, बासको ब्यबस्था हुनुपर्ने नियम बनायको आफुले सुनेको भए पनि आफुलाइ राखेको क्वारेन्टाइनमा खान बस्नको सुबिधा सकसपुर्ण भएको,भारतबाट आयका नेपाल बाट आयका ब्यक्ति हरुलाइ संगै बसाल्ने गरेको त्यो मात्रै नभई महिला पुरुष हरुलाइ समेत यकै कोठामा बसाल्ने गरेको छायानाथ रारा नगरपालिका वडा न. ८ कि तारा बि.क.ले दुखेसो पोखिन।

उता छायानाथ रारा नगरपालिकाले नगरपालिका भित्रका चौध वडाकै बिकास निर्माणको योजनाको रकम बाट रकम कटौती गरि कोरोनो भाइरस (कोभिड-१९) का लागि एक करोड दस लाख बिनियोजित गरिएको भयता पनि नगर् प्रमुखको लापरबाहीका कारण क्वारेन्टाइन ब्याबस्थानको प्रक्रिया अस्त ब्यस्त पारेको नगर उपप्रमुख सुन्तला रोकोयाले बताउनु भयो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE