शनिबार, अशोज १०, २०७७
Saturday, September 26, 2020

रुकुम नरसंहारको विरोधमा पवन परियारको “आवाज” कविता सार्वजनिक (भिडियोसहित)

धनगढी, २१ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोती नरसंहारको विरोधमा देशभरका दलितहरु आन्दोलनरत भएका बेला कवि विक्रम पवन परियारले निकै मर्मस्पर्शी “आवाज” पर्म कविता श्रृखला भाग सात सार्वजनिक गरेका छन् ।

दैलो आर्टस् युट्युव च्यानल मार्फत मंगलबार कवि परियारले आफ्नै आवाजमा अन्तजातीय प्रेम सम्बन्ध र गणतन्त्र नेपालमा दलितहरुले भोग्नु परेका कथाहरु बुनेको भिडियो कविता सार्वजनिक गरेका हुन् ।

जाजकोटको भेरी नगरपालिका-४ रानागाउँका नवराज विक र रुकुम पश्चिम जौरजहारी नगरपालिका-८ सोतीकी सुष्मा मल्ल ठकुरीबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई प्रेम विवाहमा परिणत गर्न  खोज्दा भएको नरसंहारमा नवराजसहित रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार,भेरी नगरपालिका-४ खलंगाका १९ वर्षीय सञ्जु विक र भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको ज्यान गएको छ ।

घटनाबारे निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही र पिडित परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै देशभर दलितअधिकारकर्मीद्धारा विरोध प्रदर्शन भइरहेको छ ।

रुकुम सोती घटनाको विरोधमा आफुले अन्तरजातीय प्रेम सम्बन्धका कारण दलितहरुले भोग्नु परेको समस्यालाई चित्रित गरेर कविता सार्वजनिक गरेको कवि परियारले बताए ।

परियारका अनुसार कविताले गणतन्त्र नेपालमा पनि दलितहरुले दिनप्रति दिन भोग्नु परेका समस्या बारे यर्थाथ कथा समेटेको छ ।

भिडियो हेर्नुहोस :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE