शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

रुकुम नरसंहारको विरोधमा धनगढीमा रचना बाचन

धनगढी, २१ जेठ : रुकुम पश्चिम नरसंहारको विरोधमा संयुक्त दलित संघर्ष समिति कैलालीले सुरु गरेको अनिश्चितकालिन धर्ना कार्यक्रमको दोस्रो दिन बुधबार दिउसो ३ बजे धनगढीमा साहित्यिक कार्यक्रम भएको छ । दलित साहित्य सोपानले संयोजन गरेको कार्यक्रममा करिब एक दर्जन स्रष्टाहरुले रचना बाचन गरेका थिए ।

अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा नवराज बिकसहितका ६ जना नौ जवान युवाहरुको हत्याको विरोधमा घटना झल्कले कविता बाचन गरियो थियो ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका उपाध्यक्ष तिर्थराज पाण्डे,प्रगतिशिल लेखक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष जनक रसिक,दलित साहित्य सोपानका उपमहासचिव कान्छा आउजी,कलाकार मिना सोव लगायतका स्रष्टाहरुले कविता बाचन गरेका थिए ।

सो कार्यक्रममा कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टिएन जोशी,साहित्यकार पदम राज जोशी प्रभात,अधिकारकर्मी साबित्रा घिमिरे, नेकपाका बुद्धिजिवी बसन्त बागचन्द,मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम विसी,सुप कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु,शिक्षक नवराज ओझा र दल बहादुर घर्तिमगर लगाएतका बक्ताहरुले मन्तब्य राखेका थिए ।

०६२/०६३ को जनान्दोलन पश्चात पुर्नस्थापित प्रतिनिधि सभाले नेपाललाई छुवाछुत मुक्त राष्ट घोषणा गरेको आज ठिक १४ बर्ष पुरा भएको छ ।

आजका दिनलाई नेपाल सरकारले छुवाछुत विरुद्दको दिवस मनाउदै आएको छ । सोही अबसरमा रुकुम नरसंहारमा संलग्न दोषीहरुलाई निष्पक्ष छानविन गरी हदैसम्मको कारबाही र घाईतेहरुको उपचार,पिडित परिवारलाई उचित क्षतिपुर्तीको माग गर्दै संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरिएको छ ।

विज्ञप्तीमा जिल्लास्थित राजनितिक दलका दलित भातृसंगठन,बिधार्थी संगठन,ईन्सेक,मानव अधिकार संरक्षण मंच,गैसस महासंघ,नेपाल आदीबासी जनजाती महासंघ,बिभिन्न पेशागत संगठन,राष्टिय दलित पत्रकार संघ नेपाल बिभिन्न दलित गैरसरकारी संस्थाहरुले ऐक्यबद्धता जनाउदै हस्ताक्षर गरेका छन् । उक्त विज्ञप्ती दलित मुक्ति मोर्चाका नेता देब बहादुर बिकले पढेर जारी गरिएको थियो ।

संयुक्त दलित संघर्ष समितीका संयोजक चक्र विकको अध्यक्षता रहेको सो कार्यक्रमको प्रमुख अतिथि साहित्यकार पदमराज जोशी प्रभात थिए भने कार्यक्रमको संचालन दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपालीले गरेका थिए ।

विज्ञप्ती पढ्नुहोस : 

युग नेपालको युट्युब च्यालनबाट साभार गरिएको भिडियो हेर्नुहोस :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE