बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

लकडाउन प्रभाव : बालबालिकाको शारीरिक,मानसिक समस्या रोक्न स्थानीय सरकारको प्रतिबद्धता

धनगढी, २२ जेठ : वल्र्ड भिजन इन्टरनेशनल नेपालले बालबालिकाको संरक्षण र सहभागिता विषयक अनलाईन छलफल कार्यक्रम मार्फत स्थानिय सरकार नयाँ योजना निर्माणको अन्तिम चरणमा रहेको र कोरोना महामारी प्रतिकार्यको काम चलिरहेको बेला बालबालिकाहरुमाथि बिभिन्न घटनाहरु बढ्दो क्रममा रहेको निश्कर्ष निकालेको छ ।

वल्र्ड भिजन नेपालले प्रदेश नं.२, प्रदेश नंं.५ र कर्णाली प्रदेशका जिल्लाहरुमा हालै ७६१ सहभागीसँग गरेको एक मूल्यांकन (¥यापिड एसेसमेन्ट) अनुसार बालबालिकामाथि हुने हिंसा र दुव्र्यव्यवहारका घटना आठ प्रतिशतले बृद्धि भएको र ६० प्रतिशत परिवारले आफ्ना पाँच वर्ष मुनिका बालबालिकाको दैनिक आहार जुटाउन निकै समस्या परेको निश्कर्ष निकालेको हो ।

गत जेठ १४, १६ र १९ गते तीन चरणमा सम्पन्न अनलाईन छलफलमा प्रदेश नं.१, प्रदेश नं.२, बागमती प्रदेश, प्रदेश गण्डकी प्रदेश र सुदूरपश्चिमका २८ स्थानिय सरकारका प्रतिनिधी सहभागी भएका थिए । सो छलफल कार्यक्रमा गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतकोे सहभागिता रहेको वल्र्ड भिजन नेपालले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ बालश्रम, बालविवाह, लागुऔषध दुव्र्यसनी र बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै समयमै यसतर्फ सबैले जोड दिदै स्थानिय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका लक्षित कार्यक्रम र बालसहभागिता आवश्यक रहेको कुरा कार्यक्रममा छलफलको मुख्य विषय रहेको छ ।

अनलाईन छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुले कार्यक्रम समय सापेक्ष र उचित समयमा आयोजना भएको र बजेट बिनियोजन एवं योजना तर्जुमाको चरणमा रहेको बेला बालबालिका केन्द्रित छलफल हुनुले बालबालिकाको संरक्षण तथा अधिकार सुनिश्चित गर्न स्थानिय तहलाई थप संवेदनशिल बन्न झक्झकाएको बताएका छन् ।

हाल लकडाउनको कारण बालबालिकामा देखिएका समस्याहरुलाई समाधान गर्न स्थानिय सरकार लागि परेको र सहभागीहरुले आफ्नो नगरपालिका र गाउँपालिकामा आगामि योजना तथा बजेट बालबालिका केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् ।

बन्दाबन्दीका बेला बालबालिकाहरुमा हुनसक्ने मानसिक तथा शारिरिक दुव्र्यवहार र त्यसले बालबालिकाहरुमा पर्ने असरको बारेमा पनि छलफल गरिएको थियो । साथै सडक बालबालिका, स्याहारकर्ता बिना हुर्किरहेका बालबालिका, बालगृहमा रहेका बालबालिकाहरुमा बन्दाबन्दीले परेको असर र चुनौतीका बारेमा आफ्नो धारणा राख्दै वल्र्ड भिजनका बाल संरक्षण व्यवस्थापक दिलिप गिरीले स्थानिय तहबाटै बाल संरक्षण तथा न्यायिक पद्दतिलाई बलियो बनाउँदै लैजानु पर्ने कुरा प्रष्ट पार्नुभयो ।

वल्र्ड भिजन नेपाल बालबालिका केन्द्रित राहत, विकास र पैरवी गर्ने संस्था हो । यस्ले विश्वमा जोखिममा रहेका लाखौँ बालबालिहरुका जीवनमा परिवर्तन ल्याउन सहयोग पु¥याउदै आएको छ ।

वल्र्ड भिजनले स्थानीय समुदाय,नागरिक समाज, सरकार तथा निजी क्षेत्रसँगको समन्वय, पारस्परिक सहभागिता, आपसी विश्वास, उत्तरदायित्व र जिम्मेवारी मार्फत साझा लक्ष्य र दृष्टिकोण बनाउँदै बालबालिकाहरुको हितमा काम गर्न सकिन्छ भन्ने उदेश्यका साथ क्रियाशिल छ । इसाई आस्थामा आधारित वल्र्ड भिजनले जातजाति, सम्प्रदाय लिङ्ग वा धर्मको आधारमा भेदभाव नगरी बालबालिका र परिवारहरु सबैको सेवा गर्दछ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालसहित विश्वका १ सय भन्दा बढी देशमा कार्यरत छ । वल्र्ड भिजन इन्टरनेशनलले नेपालमा सन २००१ देखि दीर्घकालीन विकासका कामहरु मार्फत बालबालिकाको सम्बृद्धिमा आफ्नो कार्यक्रमहरु संचालन गर्दै आएको छ । हाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल मोरङ, उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाण्डौँ, लमजुङ, ललितपुर, अछाम, डोटी, जुम्ला, कैलाली र बझाङ्ग गरी ६ प्रदेशका १४ जिल्लामा क्रियाशिल छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE