शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

हिन्दु धर्म गुरुले गरे रुकुम नरसंहारको चर्को विरोध

धनगढी,२६ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुमको सोतीगाउँमा भएको नरसंहारको धार्मिक गुरुहरुले बिरोध गरेका छन् । धनगढीको पार्क मोडमा सोमबार विहान ८ बजे गरिएको धार्मिक सभामा हिन्दु धर्म गुरुहरुले रुकुम पश्चिम नरसंहारको विरोध गरेका हुन् ।

संयुक्त दलित संघर्ष समिति कैलालीले गत जेठ २० गतेदेखी पार्क मोडमा सुरु गरेको अनिश्चितकालिन धर्ना कार्यक्रमको आज सातौं दिन मुक्तिका लागि साझा अभियानले सभाको संयोजन गरेको हो । सभामा १००८ स्वामी देवराज आचार्यसहित तीन जना हिन्दु धर्मगुरुहरु सहभागी थिए ।

सभाका प्रमुख अतिथि १००८ स्वामी आचार्यले हिन्दु धर्म ग्रन्थमा जातीय विभेद् र छुवाछुत कहि पनि उल्लेख नभएको बताउँदै पश्चिम रुकुम नरसंहार मानवता विरोधी कार्य भएको बताए । उनले भने रुकुम घटना अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा हत्यानै भएको हो यस्तो मानवता विरोधी घटना कसैलाई क्षम्य नहुने बताए ।

सभामा बोल्ने बक्ताहरुले रुकुम नरसंहार जात विशेष नभएर सिंगो मानव जातीको घटना भएको जिकिर गर्दै घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरुलाई कडा कानूनी कारबाही गरिनु पर्नेमा जोड दिए ।

संबिधान सभा सदस्य हरि श्रीपाईली,प्रगतिशिल लेखक बसन्त बागचन्द,दलित साहित्य सोपानका अध्यक्ष साहित्यकार गणेश नेपालीले मनुस्मृतिले जात व्यवस्थाको सृजना गरी गलत व्याख्याका कारण जातीय अहंकार बढेको र त्यसैको जगमा दलितहरुमाथी जातीय विभेद् हुने गरेको प्रसंग कोट्याउदै अब हिन्दु धर्म बचाउने हो भने धर्म गुरुहरुलेनै छुवाछुत हटाउने अभियान थाल्नु पर्ने बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड,नेपाल टेड युनियन कांग्रेसका कैलाली अध्यक्ष ज्ञानेन्द्र शाह,संस्कृतिबिद डा.देवेन्द्र भट्ट लगायतका बक्ताहरुले विचार व्यक्त गरेका थिए ।

मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम विसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेकपाका युवा नेता देब बहादुर विकले संचालन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE