मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

रुकुम नरसंहारको छानबिन गर्न पौडेलको नेतृत्वमा संसदीय विशेष समिति गठन

काठमाडौं, २६ जेठ : रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

कार्यविधिअनुसार समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने छ । छानबिनका क्रममा आवश्यक देखे समितले अन्य व्यक्तिको सहयोगसमेत लिन सक्ने छ ।

के थियो घटना ?

यही जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो । गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।

अन्तरजातीय विवाहको विषयलाई लिएर हत्या भएको भन्दै यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहार भनेको छ र संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । सोही मागअनुसार यही जेठ २३ गते सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनको घोकषणा गरेका थिए ।

समितिले सोमबार पूर्णता पाएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE