मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

सोतीगाउँ नरसंहारको विरोधमा जारी अनिश्चितकालिन धर्ना स्थगित

धनगढी, २९ जेठ : अछामको बयलपाटा अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत अछामको साँफेबगर नगरपालिका ६ का सिद्धार्थ आउजीले आत्मदाह गरी ज्यान गुमाएको घटनाप्रति संयुक्त दलित संघर्ष समिति कैलालीको गम्भिर ध्यानाकर्षण भएको छ।

एक बर्षदेखी अस्पतालमा कार्यरत उनले अस्पतालबाट मासिक रुपमा पाउने १९ हजार पाँच सय रुपैयाँले श्रीमती र ७ महिनाकी छोरीसहित परिवार पाल्दै आएका थिए । तर, अस्पतालले १२ जेठमा उनीसहित ११ जनालाई अवकास पत्र थमाएर जागिर गुमेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले तनावमा रहेका उनले आत्मदाह गरेका थिए ।

जेठ २६ गते विहान अस्पताल परिसरमै शरिरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाह गर्न बाध्य पारिएको घटनाप्रति संयुक्त दलित संघर्ष समितिको गम्भिर ध्यानाकर्षण हुनुका साथै उक्त घटनाप्रति संयुक्त दलित संघर्ष समिति घोर भर्त्सना गर्दछ विज्ञप्तीमा भनिएको छ ।

बयलपाटा घटनाको सत्य,तथ्य अनुसन्धान गरी दोषीलाई कडा कारबाही र मृतक परिवारलाई न्याय र उचित क्षतिपुर्ति उपलब्ध गराउन पनि संघर्ष समितिले माग गरेको छ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीगाउँ अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटको भेरी नगरपालिका -४ रानागाउँका नवराज विकससहित ६ जना युवाको नृशंस हत्या गरिएको विरोधमा जारी अनिश्चितकालिन धर्ना स्थगित गरिएको छ । संयुक्त दलित संघर्ष समितिले गत जेठ २० गतेदेखी धनगढीस्थित पार्क मोडमा सुरु गरेको अनिश्चितकालिन धर्ना बुधबारदेखी धर्ना स्थगित गरिएको हो ।

सोतीगाउँ नरसंहारको निश्पक्ष छानविनका लागि उच्च स्तरीय संसदिय समिति गठन,दोषीलाई हदैसम्मको कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति,घाईतेहरुको उपचार र मानिसको बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्नु पर्ने माग गर्दै जेठ १२ गतेदेखी विभिन्न विरोध कार्यक्रम गर्दै आएको संयुक्त दलित संघर्ष समितिले जेठ २० गतेदेखी अनिश्चितकालिन धर्ना गरेको थियो ।

संघर्ष समितिले गरेको माग बमोजिम प्रतिनिधी सभाले माननीय सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय उच्च स्तरीय संसदिय छानविन समिति गठन गरेको र समितिलाई छानविनमा सघाउ पुरयाउने उदेश्यले संघर्ष समितिको बुधबारको निर्णय अनुसार केही दिन धर्ना कार्यक्रम स्थगन गरिएको र पिडितले न्याय नपाउँदासम्म अन्य विरोधका कार्यक्रमहरु भने जारी रहने संघर्ष समितिसम्बद्ध मुक्ती समाज कैलाली जिल्ला अध्यक्ष चक्र बिकले विज्ञप्ती पढेर जानकारी गराए ।

संयुक्त दलित संघर्ष समिति सम्बद्ध राजनीतिक दल, दलित भातृसंगठन,पेसागत संगठन र दलित गैरकारी संस्थाहरुका प्रमुखद्धारा संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा निरन्तर सहयोग गर्नुहुने दलित अधिकारकर्मी, संचारकर्मी, नागरिक समाज, समाजसेवी, बुद्धिजिवी र राजनीतिक दलका भातृसंगठनहरुलाई धन्यबाद दिदै आगामी विरोधका कार्यक्रमहरुमा पनि सहयोगको अपेक्षा गरिएको छ ।

देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार गठन गरिएको ९ सदस्यीय छानबिन समितिको अन्य सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । कार्यविधि अनुसार समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने छ ।

गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीगाउँकी सुष्मा मल्ल ठकुरीबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा नवराज विकसहित ६ जनाको नृशंस हत्या भएको थियो ।

रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार,भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विक र भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको ज्यान गएको छ ।

स्थगित घोषणा कार्यक्रममा नेपाल दलित संघका कैलाली अध्यक्ष प्रेम विक र मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम विसीले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन नेकपाका युवा नेता देव बहादुर बिकले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE