सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

काठमाडौको प्रतीक्षालयमा किरिया गर्न बाध्य,मुगुका स्वास्थ्यकर्मिले गरे आर्थिक सहयोग।

मुगु अस्रपताल

बसन्त बाघचन ३० जेष्ठ २०७७मुगु

स्वास्थ सेवा कार्यालय मुगु र त्यहाँ कार्यरत कर्मचारी हरुले प्रतीक्षालयमा आमाको काज किरिया गर्न मुगुका एक ब्यक्तिलाई आर्थिक रकम सहयोग गरेका छन ।

स्वास्थ्य कर्मी हरुले मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न्स.१२लुम्सका जङ्ग बहादुर बुढा लाई सहयोग गरेका हुन।

मुगु अस्रपताल

बिगत लामो समय देखि मिर्गौला पीडित आफ्नी श्रीमतीको काठमाडौमा उपचार गराइरहेका बुढाकी आमाको गयको हप्ता मुगुमा निधन भयको थियो ।आमाको निधन भएको खबर पाय पछी काठमाडौ स्थित आफू बसेको घरमा काज किरिया गर्छु भन्दा घरभेटिले घरमा किरिया गर्न नदियपछी काठमाडौको ढुङेधारा स्थित प्रतीक्षालयमा किरिया गर्न बाध्य बुढा लाई स्वास्थ्य सेवा कार्यालय बाट रु दस हजार,अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पारस मणि मल्लले रु पाँच हजार,डाक्टर निर्मल नगरकोटिले रु छ हजार पाँच सय,डाक्टर डबल मल्लले रु एक हजार,डाक्टर सुशील मल्लले रु पाँच सय,डाक्टर नहकुल शाहीले रु छ हजार,सुरेस के.सि.ले पाँच हजार पाँच सय, रामदेबी के.सि.ले पाँच हजार, संगीता भण्डारीले रु दुई हजार,संगीता थापाले रु दुई हजार,सन्तोष के.सि.ले रु एकहजार पाँच सय,सावित्री मल्लले रु दुई हजार,सम्पदा बि.सि.ले रु दुई हजार,बिष्णु कुमार खत्रीले रु दुई हजार,सरस्वती शाहीले रु एकहजार,पबित्रा शाही मल्लले रु एकहजार, मालिका थापाले एकहजार,जानकला शाहिले एकहजार,पार्बती भण्डारीले एकहजार,मुना लामिछानेले एकहजार,दिप बहादुर रावलले पाँच हजार,र बाछे कुमार मल्लले रु दुई हजार गरि जम्मा रकम अठसठ्ठी हजार रकम सहयोग गरिएको हो।

मिर्गौला पीडित आफ्नी श्रीमतीको लामो समय देखी काठमाडौमा उपचार गराउदै आयका बुढा लाई फेरि आमाको निधनको शोक परेता पनि उता श्रीमती लाई छोडेर मुगु आउन नसक्ने देशमा लक्डाउनको अवस्था भै काठमाडौको प्रतीक्षालयमा काज किरिया गर्न बाध्य छन भन्ने खबर आफुले पाय पछि यस्तो परिस्थितिमा सबैको सहयोगको खाचो महशुस हुने भएकोले आफू हरुले पनि मानबियताको धर्म निभायको स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटिले बताउनु भयो।

त्यस्तै बुढाको वास्तविक घर मुगुनै भयको र बुढालाइ श्रीमतीको समेत उपचार लामो समय देखि गराउदै आइ रहदा फेरि यस्तो परिस्थितिमा प्रतीक्षालयमा किरिया गर्नु पर्ने बाध्यता लाई सामान्यतया सहज हुने भन्दै आफू लगायत सम्पुर्ण स्वास्थ्यकर्मी हरुले सहयोग गरेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पारस मणि मल्लले बताउनु भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE