सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

शम्भु सदा हत्याको विरोधमा युवाहरुले गरे जलेश्वरमा प्रदर्शन

महोत्तरी ३२ जेठ : प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएका धनुषाका शम्भु सदा मुसहरको मृत्यु प्रकरणलाई लिएर महोत्तरीको जलेश्वर नगरपालिकास्थित वुद्विजिवी चोकमा स्थानिय युुवाहरूले प्रदर्शन गरेका छन् ।

दोषीमाथी कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति र प्रदर्शनका क्रममा प्रहरी दमनमा घाईते भएकाहरुको उपचारको माग गर्दै स्थानिय दलित र गैरदलित समुदायका युवाहरुले आईतबार विहान ८ बजे स्वस्फुर्त प्रदर्शन गरेका हुन् ।

रुकुम पश्चिमको सोतीगाउँमा अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकसहितको ६ जना युवाहरुको गाउँहरुले कुटीकुटी हत्या गर्नु,रुपन्देहीमा अंगिरा पासीको बलत्कारपछि हत्या हुनु र धनुषा प्रहरी हिरासतमा रहेका शम्भु सदाको रहस्यमय मृत्यु हुनुले देशमा कानूनी शासनको उपहास हुनुका साथै न्याय मरेको भन्दै श्रृखलाबद्ध दलितहरुमाथीको हत्याका घटनाको विरोधमा युवाहरु सडक बन्दाबन्दीको बेला पनि सडक प्रदर्शन गर्न बाध्य हुनु परेको युवाहरु बताउँछन् ।

टेक्टर दुर्घटनाका कारण उत्पन्न विवादले जेठ १३ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भुको जेठ २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए ।

प्रहरी निरिक्षक चन्द्रभुषण यादब र टेक्टर मालिक संजय साह तेलीको मिलेमतोमा हत्या गरिएको पिडित परिवारको आरोप छ ।


घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी हदैसम्मको कारबाहीको माग गर्दै जलेश्वरमा दलित र गैरदलित समुदायका सचेत युवाहरुले स्वस्फुर्त विरोध प्रदर्शन गरिएको धिरजमणी पासवानले बताए । मागहरु पुरा नहुन्जेलसम्म युवाहरुले सशक्त आन्दोलन गर्ने समेत पासवानले बताए ।

नवराज साह,,निकेतलाल कर्ण,चन्दन तिवारी,जितेन्द्र पासवान,रनजित पासवान,सिजेन्द्र सदा,विष्णु गुप्ता,रणधिर चौधरी लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE