सोमवार, कार्तिक १०, २०७७
Monday, October 26, 2020

सोतीगाउँ नरसंहार : वडाध्यक्षसहित ३२ जनालाई जन्मकैद माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता

धनगढी, जेठ ३२ : रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।

प्रहरीले जेठ १० गते साँझ जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज बिक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको छ।

कार्यालयले अभियुक्तहरूलाई जन्मकैदको माग गरेको प्रवक्ता रेग्मीले बताए। ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्।

नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ।

प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन्। नाबालकको हकमा आधा सजाय हुन्छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE