सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

मुक्तिका लागि साझा अभियान क्वारेन्टिनमा बसेकालाई खाना खुवाउँदै

धनगढी, १ असार : मुक्तिका लागि साझा अभियानले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयको क्वारेन्टीनमा राखिएकालाई भोजनालयको व्यवस्थापन गरि रहेको छ । धनगढी उप–महानगरपालिका १ एलएनचोक नजिकैको त्रिनगर क्वारेन्टिनमा राखिएकालाई ५ दिन देखि खाना खुवाई रहेको हो ।

नेपाली काँग्रेस क्षेत्रीय सदस्य तथा नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधि अमृत बिसीका अनुसार मुक्तिका लागि साझा अभियानले दैनिक २ सय जनालाई खाना खुवाई रहेको छ । हामीले उनिहरुलाई आफैले पकाएर खाना खुवाईरहेका छौं बिसीले भने, मानविय सेवामा काम गर्न पाउँदा निकै खुसी छौं ।

त्यसैगरी खाना खुवाउने कार्यमा खटिएकाहरुका लागि २० वटा टिसर्ट उपलब्ध गराइएको छ । तरुण दलका केन्द्रिय प्रतिनिधि बिसिले मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम विसिलाई टिसर्ट हस्तान्तरण गरेका छन् ।

५ दिनदेखी खाना खुवाउन सक्रिय मुक्तिका लागि साझा अभियानलाई खाधान्न धनगढी उपमहानगरपालिका,तरकारि हाट वजारका ईन्चार्ज शंकर कोली,मासु लगायत अन्य खर्च अमृत विसीको पहलमा सहयोग गरिएको बताइएको छ ।

वडा नं.१ का अध्यक्ष सन्तोष मुडभरि को अनुरोधमा निशुल्क खाना खुवाउन सुरु गरिएको मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम विसीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE