सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

सोतीगाउँ नरसंहारको विरोधमा वासिटंन डिसीमा प्रदर्शन

धनगढी, १ असार : रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा जेठ १० गते भएको नरसंहारको विरोधमा संयुक्त राज्य अमेरिकाको वासिटंन डिसीमा प्रदर्शन गरिएको छ ।

सोतीगाउँकी सुष्मा मल्ल ठकुरीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण हत्या गरिएका जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विकसहित ६ जना युवकको हत्या मानवता विरोधी नृशंस भन्दै दोषीमाथी हदैसम्मको कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

ह्यास दलित लाइभ म्याटर नाम दिएर गरिएको प्रदर्शन संयुक्त राज्य अमेरिकामा रहेका गैरदलित समुदायका एनआरएनले गरेका हुन् । सो प्रदर्शनमा सदियौंदेखि दलितमाथी गरिदैं आएको अन्याय र अत्याचारका लागी प्रदर्शनकारीले घुँडा टेकेर क्षमायाचना पनि गरेका छन् ।

उक्त प्रदर्शनमा तल उल्लेखित नारा रहेका छन् ।

#STOP_KILLING_DALIT
#stop_discriminatio
#SpeakUp

फोटो ‎दिपक चैतन्य‎को फेसबुक वालबाट लिइएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE