बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

नेपाली वेलफेयर सोसाईटीको सहकार्यमा रोजीहिरा फाउन्डेशनले बाढ्यो राहत

काठमाडौं, २ असार : रोजीहिरा फाउन्डेशनले खोटांगका विपन्न परिवारलाई एक महिना पुग्ने गरी राहत वितरण गरेको छ । बन्दाबन्दीका कारण समस्यामा परेका खोटांग जिल्ला खोटेहाङ्ग गाउँपालिका २ कपासे भञ्ज्याङका २० घरपरिवार चामल, दाल, तेल, नुन लगायत खाद्यान्न सामग्री वितरण गरेका हुन्।

बेलायतस्थित नेपाली वेलफेयर सोसाईटी युके अध्यक्ष तथा एनआरएन युके कार्यसमितिका सदस्य धन बहादुर सार्कीको संयोजन मार्फत रोजीहिरा फाउन्डेशनको तर्फबाट फाउण्डेशनकी अध्यक्ष एबं एनआरएनए यूके महिला उपाध्यक्ष रोजिना प्रधान राई एबम फाउण्डेशनका संस्थापक अध्यक्ष एबं एनआरएनए युकेका पूर्व उपाध्यक्ष हिराधन राईले आफ्नो गृह जिल्लामा दैनिक ज्याला मजदुरी गरी खाने विपन्न परिवारलाई राहत वितरण गरिएको बताए।

कोरोनाले लगातारको बन्दाबन्दीका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएकालाई राहत वितरण गरेको रोजिना दम्पतिले बताए। यसअघि पनि फाउन्डेशनले विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर निरन्तर च्यारिटी गर्दै आएको थियो । राहत वितरणको संयोजन नेपाली वेलफेयर सोसाइटी युकेका धन बहादुर सार्कीले गरेका थिए ।

गैरआवासीय नेपाली संघ एनआरएन यूके सचिव जीत रानाभाटले जुम कन्फ्रेन्स मार्फत सञ्चालन गरेको कार्यक्रममा बिशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएन यूके) अध्यक्ष पुनम गुरुङले भनिन्,‘यतिबेला हाम्रो देशमा संक्रमण बढिरहेको बेला प्रवासी नेपालीको मन रोइरहेको छ । यो अवस्थामा रोजिहिरा फाउन्डेसनका साथीहरुले जुन सहयोग गर्नुभएको छ, यसलाई म सम्मान गर्न चाहन्छु । अहिलेको अवस्थामा जसले सहयोग गरे पनि त्यसलाई सम्मान गर्नुपर्छ, आलोचना गर्ने बेला होइन, यो अवस्थामा कृपया कसैले कसैको पनि आलोचना नगरौं । किनभने यतिबेला संक्रमणले कुन बेला कति खेर मान्छेको ज्यान लिन्छ भन्न सक्ने अवस्था छैन ।’अध्यक्ष गुरुङले भनिन्।

कार्यक्रमका प्रमुख अतिथि खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले भने, ‘दैनिक छाक टार्ने समस्या परिरहेका बेला बेलायतबाट रोजिना प्रधान र हिराधन राईले स्थापना गर्नुभएको रोजिहिरा फाउन्डेसनबाट ठूलो मन देखाएका छन्, यो उदाहरणीय र मर्मस्पर्सी काम हो, उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ ।’

कार्यक्रममा अतिथिहरु किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राई,ग़ैर आवासीय नेपाली संघ यूके राज्य सम्नवय परिषद सचिब तथानीबर्तमान नेपाली समाज नोट्टिनघमका अध्यक्ष श्री गोबिन्नद खरेल लगायतले जुममार्फत सम्बोधन गरेका थिए।

यसै गरी राहत कार्यक्रम स्थलबाट जुम मार्फत लाईभ प्रसारण गरिएको थियो कार्यक्रममा खोटेहाङ्ग गाउँपालिका वाड न.२ का वाड अध्यक्ष दिपेन राई सामाजिक अभियन्ता एसबी सेनचुरी,भिम बहादुर खड्का पारस राई लगायतले एक कार्यक्रमका बीच राहत बितरण गरिएको दृश्य देखाइरहेका थिए ।

राहत विरतण कार्यक्रममा उपेक्षित, उत्पीडित र दलित बर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा.बुद्धि नेपालीले स्वागत मन्तब्य गरेका थिए।

अधिबक्ता राजुप्रसाद धिमाल समेतको उपस्थित थियो । रोजीहिरा फाउन्डेशनकी अध्यक्ष रोजिना प्रधान राईले राहत वितरणमा सहभागी सबैलाई धन्यबाद ब्यक्त गरेकी थिइन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE