बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

बिद्यालयमा आगलागी हुँदा १६ लाखको क्षति

जगदीश नागरी डोटी, १२ असार : डोटीको केआईसिंह गाउँपालिका ६ फलेडीस्थित देवस्थल माध्यमिक विद्यालयमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको छ। विहिवार राति करिव ८ः३० बजे विद्यालयमा जडान गरिएको विद्युत सट हुँदा आगलागी भएको स्थानिय शिक्षक यज्ञराज भट्टले बताए ।

भारतबाट आएका नागरिकहरुका लागि क्वारेन्टाइन समेत निर्धारण गरिएको उक्त विद्यालयमा आगलागीको समयमा क्वारेन्टाइन सुरक्षामा खटेका प्रहरी, क्वारेन्टाईमा रहेका मानिस र स्थानियहरुको सहयोगमा १ घन्टा पछि मात्र आगो नियन्त्रणमा आएको भट्टले बताउनु भएको छ ।

आगलागीबाट विद्यालयको अफिस कोठामा रहेको डेस्कटप कम्प्युटर ५ वटा, ल्यापटप १ वटा, फोटोकपि मेशिन २ वटा, प्रिन्टर १ वटा, इ–हाजिरी मेशिन १ वटा लगाएत अन्य मेशिनरी सामानहरु जलेर नष्ट भएको विद्यालयका लेखापाल गणेश भट्टले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE