बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

मुगुमा दैनिक उपभोग्य बस्तुको आपूर्तिमा समस्या

बसन्त बाघचन मुगु, १४ असार : लकडाउन खुलेको एक साता बित्नै लाग्दा पनि मुगुमा भने दैनिक उपभोग्य बस्तुको आपूर्तिमा समस्या देखिएको छ । तीन महिना लामो लकडाउनका कारण मुगुमा दैनिक उपभोग्य बस्तुमा संकट पर्दै आएको भयता पनि पछिल्लो समयमा लकडाउन खुल्दा समेत दैनिक उपभोग्य बस्तु आपूर्तिमा संकट परेको हो ।

लकडाउनको समयमा बजार बन्द भन्दै ब्यापारीहरुले दैनिक उपभोग्य बस्तुहरु चर्को मुल्यमा बिक्रि गरिरहेका र पछिल्लो समयमा लकडाउन खुकुलो भयता पनि ब्यापारी हरुले विभिन्न बाहानामा चर्को मुल्यमा सामान बिक्रि गर्दा आफुहरुलाई निकै मार परेको स्थानीय बासीहरुले गुनासो गरेका छन् ।

सदरमुकाम गमगढ़िमा आवत जावत खुकुलो भएपछि पसलहरुमा दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न ग्राहकहरु भिडभाड हुने गरेको भयता पनि आफुहरुले ग्राहकहरुको माग अनुसारको सामग्री आपूर्ति गर्न नसकेको ब्यापारी देबी सिंह सावतले बताए ।

आफुहरु खुद्रा ब्यापारी भयको र ग्राहकहरुको माग अनुसारको सामाग्री दिन नसक्नु कारण आफुहरुलाई डिलरले पनि सामान दिन आनाकानी गर्ने गरेको सावतले बताउछन् ।

यो समय बर्षायामको समय भयको, नेपालगंज, सुर्खेतमा पनि दैनिक उपभोग्य सामानहरु भने बमोजिमको नपाइने, ढुवानी भाडा महँगो, सडक अबरुद्द हुदा पर्याप्त सामाग्रीहरु मुगु भित्र्याउन समेत कठिन हुने भयकोले आफुहरुले आफ्ना दैनिक ग्राहक हरुलाई दैनिक उपभोग्य बस्तुहरु प्रयाप्त मात्रामा उपलब्ध गराउन नसकेको रबिन्द्र ट्रेडर्स एंड सपलायर्सका प्रोपाइटरले जानकारी दिए ।
कर्णाली राजमार्ग जबसम्म पूर्ण रुपमा कालो पत्रे हुदैन तब सम्म यो समस्या रहिरहने ब्यापारी हरुको भनाइ रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE