सोमवार, कार्तिक १०, २०७७
Monday, October 26, 2020

बाह्वबनले दियो ४०० आरडिटी किट

निर्मल रैका धनगढी, १५ असार : बाह्वबन साझेदारी वन ब्यवस्थापन समिती कार्यान्वयन इकाइ बल्मी कैलालीले धनगढी उपमहानगरपालिकालाई आर.डि.टी.किट हस्तान्तरण गरेको छ । बाह्ववन साझेदारी वन ब्यवस्थापन समितीले धनगढी उपमहानगरपालिकाका प्रभाबित ८ वडाका लागी भनि आर.डि.टी.किट नगर प्रमुख नृप बहादुर वडलाई हस्तान्तरण गरेको हो ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ बाट जनता आक्रान्त भएको अवस्था र क्वारेन्टीनमा बसेकाहरुलाई सहयोग होस भन्ने उदेश्यले धनगढी उपमहानगरपालिकाका ८ वटा वडामा प्रति वडा ५० थान आरडिटी किट गरी जम्मा ४०० आरडिटी किट हस्तान्तरण गरिएको हो ।

बाह्ववन साझेदारी वन ब्यवस्थापन समितीले धनगढी उपमहानगरपालिका १,२,३,४,५,६,११ र १३ वडाका क्वारेन्टीनमा बसेका जनताको स्वास्थ्य चेक जाँचका लागी हस्तान्तरण गरिएको बाह्ववन साझेदारी वन ब्यवस्थापन समिती वडा नं २ का संयोजक धर्मराज ओझाले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE