शुक्रबार, कार्तिक १४, २०७७
Friday, October 30, 2020

नेपाली क्रिकेट टिमका कोच जगत टमट्टाले गरे सहयोग

धनगढी, २२ असार : नेपाली क्रिकेट टिमका कोच जगत टमट्टाले दस हजार रुपैयाँ सहयोग गरेका छन। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा पिसिआर मेसिन खरिदको लागि आर्थिक सहयोग गरेका हुन्।

सुदूरपश्चिम प्रदेशका सातै वटा पहाडी जिल्लाहरुमा कोरोना परिक्षणबाट बंचित सर्बसाधारणहरुको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष तथा ओलम्पियन दिपक बिष्टद्वारा सुरु गरिएको खेलाडीहरुबाट सहयोग संकलन अभियानमा प्रमुख कोच टमट्टाले सहयोग गरेका थिए।

सुदूरपश्चिम प्रदेशका सातै वटा पहाडी जिल्लाहरूमा कोरोना परीक्षण सहजता होस भन्ने उद्देश्यले काठमाडौंस्थित ह्युमीनिटी फाउण्डेशनका संस्थापक अमर बहादुर शाही सहयोग संकलन गरी रहेका छन। कोरोना संक्रमणसंग जुधि रहेको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका बासिन्दाहरूका लागि पिसिआर मसिन स्थापना गर्नु जरुरी थियो । खरिदका लागि सहयोग गर्नु सुदूरपश्चिमका हरेक नागरिकको कर्तव्य हो कोच टमट्टाले बताए ।

ह्यमिनीटी फाउण्डेशन र सुदूरपश्चिम समाज अमेरिकाद्वारा डडेल्धुरामा पिसिआर मसिन स्थापना का लागि शुरुवात सहयोग संकलन अभियानमा संलग्न विश्वभर रहेका सुदूरपश्चिमेलीहरुले सहयोग संकलन गरिरहेको समेत उनले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE