शुक्रबार, कार्तिक १४, २०७७
Friday, October 30, 2020

सेफ हाउसका लागि आबश्यक सामाग्री हस्तान्तरण

धनगढी, ४ साउन : कैलालीको गौरीगंगा नगरपालिकामा स्थापना गरिएको सेफ हाउसका लागि आबश्यक सामाग्री दलित महिला अधिकार मञ्चले उपलब्ध गराएको छ ।

ड्यान चर्च एडको आर्थिक सहयोगमा संचालित महिला शसक्तीकरण कार्यक्रम अन्र्तगत ६ थान गद्दा,६ थान सिरानी,६ थान तन्ना, ६ थान तकिया, ६ लिटर सेनिटाईजर,२०० थान ग्लोब्स, २०० थान माक्स, ६ थान सेम्फू, ११ थान गर्भवति जाँच किट, ६ थान तौलिया र १ थान टि.भी. नगर प्रमुख भिम बहादुर देउवालाई उप–प्रमुखको कार्यकक्ष परिसरमै हस्तान्तरण गरिएको थियो ।

दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा धिमिरेले आबश्यक सामाग्रीहरु शुक्रबार दिउसो १ बजे हस्तान्तरण गर्नु भएको हो ।

सेफ हाउसलाई व्यवस्थित रुपमा संचालनका लागि आवश्यक साम्रागी उपलब्ध गराउनुका साथै दुई महिनाको घर भाडा र न्यायीय समितिलाई सहयोग गर्ने उदेश्यले ६ महिनाका लागि एकजना मनोसामाजिक परामर्श दाता (काउन्सिलर) सहयोग गरिएको अध्यक्ष धिमिरेले बताईन् ।

सेफ हाउसलाई निरन्तरता दिन दलित महिला अधिकार मञ्चले पनि सहकार्य गरेको अध्यक्ष घिमिरेले जानकारी दिईन्

गत बैशाख ११ गतेदेखि हिंसा प्रभावित महिलाहरुको लागि सेफ हाउस सञ्चालनमा आएको बताइएको छ ।

कोभिड-१९ का कारण बन्दाबन्दीको बेला महिला हिंसाका घटनाहरु दिनप्रति दिन बढ्न थालेपछि हिंसा पीडितहरुलाई सुरक्षित आवासको लागि गौरीगंगा नगरपालिकाको सहकार्यमा ओरेक नेपालले सेफ हाउस संचालनमा ल्याएको हो ।

सेफ हाउस संचालनमा आएपछि सबैभन्दा बढी खुशी आफु भएको गौरीगंगा नगरपालिकाका उप–प्रमुख अञ्चला चौधरीले समताखबरलाई बताइन् ।

सेफ हाउस संचालनले हिंसा पीडीत महिलाहरु कहाँ राख्ने ? भन्ने चिन्ताबाट मुक्त भएको उनले बताईन् ।

घरमा बस्ने वातावरण नभएका घरेलु हिंसा पीडित महिलाहरुलाई लक्षित गरी सेफ हाउस स्थापना भएपछि राहतको अनुभूति भएको उनको भनाई छ ।

उनले भनिन् ‘हिंसा पीडित महिलाहरुलाई घटना घटे लगत्तै उद्धार गरेर सेफ हाउसमा राख्न पाउँदा उनीहरुको पीडामा मल्हम लगाउन सफल भएको अनुभुती भएको छ । अब यसलाई जिल्ला स्तरकै बनाउनु पर्ने समेत उनले बताईन् । बन्दाबन्दीपछि करिब डेढ महिनाको अवधिमा १८ जना पीडितले सेवा लिईसकेको उप–प्रमुख चौधरीले बताईन् ।
उनका अनुसार  सेफ हाउसको स्तरउन्नती गर्न नगरसभाबाट आबश्यक नीति पास कार्यक्रम राखिएको छ ।

गौरीगंगा नगरपालिका ८ मा स्थापना गरिएको सेफ हाउसमा कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका महिला तथा बालबालिकाहरुले पनि सेवा लिई रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE