शुक्रबार, कार्तिक १४, २०७७
Friday, October 30, 2020

अछामका स्थानीय तहको ४२ करोड बढी बेरुजु

अछाम, ४ साउन : अछामका स्थानीय तहको बेरुजु ४२ करोड बढी रहेको छ। महालेखा परीक्षक महालेखा परीक्षकका अनुसार दश वटै स्थानीय तहहरुको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको उल्लेख छ ।

दश स्थानीय तहमध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको छ। १ अर्ब २६ करोड ३४ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा उक्त रकम बेरुजु देखिएको हो । यसैगरी सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ४९ लाख २६ हजार बेरुजु देखिएको हो ।

६ करोड १४ लाख ८ हजार रकम लेखा परिक्षण गरिएको थियो । यसैगरी मंगलसेन नगरपालिकाको १ अर्ब १३ करोड ८१ लाख १५ हजार लेखा परिक्षण गरिएकोमा ३ करोड ९० लाख ९७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ८ करोड ७९ लाख ७१ हजार बेरुजु रहेको छ ।

चौरपाटी गाउँपालिकाको ५करोड ५ लाख ९३ हजार,कमलबजार नगरपालिकाको ३ करोड ६२ लाख ४० हजार,रामारोशन ३ करोड ४६ लाख ३२ हजार,पञ्चदेवल बिनायक नगरपालिकाको ३ करोड ४१लाख ८२ हजार,तुर्माखाँद गाउँपालिकाको १ करोड ४१लाख ६२ हजार बेरुजु र ढकारी गाउँपालिकाको ७३लाख १७ हजार रकम बेरुजु देखिएको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा कमलबजार नगरपालिकाले खानेपानी योजनाको ३६ लाख ८ हजार बराबरको रकम काम नगरी भुक्तानी गरेको भन्दै असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै साँफेबगर नगरपालिकाले करारका कर्मचारीलाई दोहोरो रकम भुक्तानी गरेको छ । तलब तथा चाडपर्व खर्च भनेर भुक्तानी गरेको १७ लाख ७८ हजार रकम असुल गर्नुपर्ने उल्लेख गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE